जेष्ठ नागरिक दिवशको सन्दर्भमा शान्ति समाजद्वारा बृद्ध आश्रममा खाद्यान्न प्रदान

by समतल अनलाइन

बुटवल । मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको आयोजनामा अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवशको सन्दर्भमा बुटवल २ पाखापानीस्थित बृद्धाश्रममा खाद्यान्न प्रदान गरिएको छ । मानव जिवनको उत्तराद्र्धमा पुगेका नागरिकलाई परिवार तथा समाजमा उचित सम्मान र गौरवपुर्ण आत्मबोधका साथ जिवनयापन गर्न पाउने अधिकार सुनिश्चित गरियोस भन्ने नाराका साथ शान्ति समाज रुपन्देहीले कार्यक्रम आयोजना गरेको सभापति कृष्ण भट्टराईले बताउनु भएको छ ।

मुलुकमा मानव अधिकार, शान्ति, अहिंसा र लोकतन्त्रको सवलीकरणका साथै समाजमा मानविय मुल्य र मान्यता स्थापित गर्ने सवालमा अविछिन्न अभियान र आन्दोलनहरु संचालन गर्दै आएको शान्ति समाजले मानव जिवनका अनुभवका खानीका रुपमा रहेका जेष्ठ नागरिकलाई उचित सम्मानजनक ब्यबहारको आवश्यक्ता औंल्याउदै आएको छ । संरक्षण अभाव लगाएतका बिभिन्न कारणबाट परिवार र समाजबाट अलग्गिनु र एक्लिनु परेका जेष्ठ नागरिकलाई राज्यले संरक्षण र पालनपोषणको ब्यबस्था गर्नुपर्ने समाजका सभापति गोविन्द खनालले बताउनु भयो ।

हरेक जेष्ठ नगरिकले परिवारमा आत्मसम्मान बोध गर्ने बाताबरण हुनुपर्ने, स्वास्थ र मनोरञ्जनको यथेष्ट प्रबन्ध हुनुपर्ने र सहयोगापेक्षी जेष्ठ नागरिकलाई सरकारले सम्पुर्ण जिम्मेवारी लिई सम्मानित जीवनयापनको ब्यबस्था गर्नुपर्ने आवश्यकता रहेको सभापति खनालको भनाई छ । सो अवसरमा रुपन्देही मिष्ठान्न तथा क्याटेरिङ्ग ब्यबसायी संघका अध्यक्ष लक्ष्मण पोखरेलले समाजका मुख्य पात्रका रुपमा रहेका जेष्ठ नागरिकले जिवनको उत्तराद्र्धमा आएर उचित सम्मान र ब्यबहार नपाउन दुःखको कुरा भएको उल्लेख गर्नु भयो ।

सो अवसरमा समाजका केन्द्रिय सचिव मिना भट्टराई ढकाल, जिल्ला समितिका पुर्व सभापतिहरु लालहरी पाण्डे, हरिश ढकाल, डिपी खनाल, सचिव कृष्ण पाण्डे, कोषाध्यक्ष लिलाधर लुईटेल लगाएतले आश्रममा रहेका जेष्ठ नागरिकहरुको सुस्वास्थ्य र दिर्घजिवनको कामना गर्दै निजि क्षेत्रका महानुभावहरुको प्रयासबाट भएको पाका पुस्ताको संरक्षणको अभियान सराहनिय भएको र सबैले सहयोग पुराउनु पर्ने धारणा ब्यक्त गरेका थिए ।

 
 
  
 

You may also like