हल्कादेखि मध्यम बर्षाको सम्भावना

by समतल अनलाइन

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज (विहीबार) बिहान प्रदेश-१, मधेस प्रदेश र वाग्मती प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको जनाएको छ । प्रदेश-१ लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ ।

आज (बिहीबार) दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरुमा आंशिक बदली रहने विभागको भनाइ छ । प्रदेश-१, मधेस प्रदेश र वाग्मती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

विभागले आज राति प्रदेश-१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने जानकारी दिएको छ । प्रदेश-१ र वाग्मती प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

 
 
  
 

You may also like