घट्यो सुनचाँदीको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार?

by समतल अनलाइन

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । आइतबार तोलामा एक हजार रुपैयाँले घटेर सुनको भाउ ९१ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार तोलामा एक हजार रुपैयाँले बढेर तोलामा ९२ हजार आठ सय रुपैयाँमा पुगेको भाउ आज एक हजार रुपैयाँले नै घटेको हो । तेजाबी सुन भने प्रतितोला ९१ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, चाँदी आज तोलामा ३० रुपैयाँले घटेर एक हजार एक सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

 
 
  
 

You may also like