थप ७४ मा कोरोना संक्रमण, १६० जना निको

by समतल अनलाइन

काठमाडौं । नेपालमा पछिल्लो चौबिस घण्टामा देशमा ७४ जना कोरोना भाइरसको नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५१२ जनाको स्वास्थ्य परिक्षण गर्दा उक्त संख्यामा संक्रमण भएको पाइएको हो ।

सो अवधिमा पीसीआर विधिबाट १ हजार ५३५ र एन्टीजेन विधिबाट १ हजार ९७७ जनाको कोरोना परीक्षण गरिएको थियो । बितेको चौबिस घण्टामा १६० जना कोरोना भाइरस संक्रमित निको भएको मन्त्रालयले जनाएको छ । हाल देशमा सक्रिय कोरोना भाइरस संक्रमितको संख्या १ हजार ६१९ रहेको छ ।

 
 
  
 

You may also like