पानी-पानीमा स्थलगत अवलोकन गरी मनाइयो विज्ञान दिवस

by समतल अनलाइन

बुटवल । जुलोजिकल सोसाइटी लुम्बिनी प्रदेश , स्कुल अफ डेभलपमेन्ट अध्ययन र प्रायोगिक विज्ञान संकाय लुम्बिनी विश्व विद्यालयको संयुक्त आयोजनामा स्थलगत अभिमुखिकरण तथा अध्ययन कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम चरा कसरी हेर्ने, जंगली जनावरहरुलाइ कसरी कैद गर्ने र हर्बेरियम कलेक्सन कसरी गर्ने विषयमा स्थलगत अभिमुखिकरण तथा अध्ययन कार्यक्रम भएको हो ।

जुलोजिकल प्रदेशका अध्यक्ष बाबुराम बन्जाडको अध्यक्षयता र प्रदेश योजना आयोगका कार्यकारी उपाध्यक्ष बामदेब क्षेत्रिको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

दुई चरणको कार्यक्रमम आयु सेनका मेम्बर तथा फिल्ड व्याईलोजिष्ट कृष्ण भुसाल र बलराम अवस्वीले सहजीकरण गर्नुभएको हो ।

योजना आयोगका उपाध्यक्षले विज्ञान र प्रविधिको बिकासको लागि सबै जुटेर लाग्ने पर्ने भन्दै गरिब जेहन्दार विद्यार्थीहरुलाई विएसी र एमएसि पढ्नलाई छात्रवृत्ति समेत दिने आश्वासन दिनुभयो ।

बिएसि पढ्दै गरेका र पास आउट भैसकेका करिव १०० जना बिद्यार्थीहरुलाइ फिल्ड भिजिटलाई कसरी उत्कृष्ट र रचनात्मक बनाउन सकिन्छ भन्ने कुरालाई लुम्बिनी बौद्ध विश्वबिधालयका उप-कुलपति प्रा.डा. हृदय रत्न बज्राचार्यले प्रकाश पार्नुभएको थियो ।

विद्यार्थीहरुलाई लुम्बिनी क्रेन सन्चुरी परिसरमा चरा हेर्ने र क्यामेरा फिट गर्ने विधि सिकाइएको थियो। अविरल बर्षा भए पनि बिद्यार्थी हरुले पानीमा भिजेर र छाता ओडेर फिल्डमा अभ्यास गरेका थिए ।

कार्यक्रमका अध्यक्ष बाबुराम बन्जाडेले दिनानुदिन भएको बिकास बिज्ञान र प्रबिधिले भएको प्रदेशको समृद्धिको लागि पनि इनोभेसन सेन्टर र इनकोभेसन सेन्टर खोल्न पर्ने धारणा राख्नुभयो।

कार्यक्रमको संचालन प्रदेशका महासचिव कमल शर्मा र बुटवल क्याम्पसकि सहायक क्याम्पस चिफ माया भट्टराई, प्राणी शार्त्र हेड दोर्न कडैल्या, नेजोसका केन्द्रिय सदस्य केशव महत लगायतले बिद्यार्थीहरुलाई रिसर्समा लाग्न प्रेरेणा दिनुभयो।

साथै उपप्राध्यापक श्रीराम पौडेल,श्याम सोमई , विद्यार्थी लिडर बिपिन लामिछाने लगायतको उपस्तिथि रहेको थियो।

 
 
  
 

You may also like