स्थानीय बीचको विवादमा प्रहरीले गोली चलाउँदा एकको मृत्यु

by समतल अनलाइन

बुटवल।लक्ष्मीपूजाको मूर्ति विर्सजन गर्ने विषयमा स्थानीयवासीबीच विवाद भएपछि यहाँ जारी निषेधाज्ञा उल्लङ्घन गरेको भन्दै प्रहरीले चलाएको गो’ली लागि कृष्णनगर नगरपालिका– २ का २० वर्षीय सुरजकुमार पाण्डेको आज मत्यु भएको छ । कृष्णनगर बजार क्षेत्रमा झ’डप भएपछि जिल्ला प्रशासन कार्यालयले आज बिहान ११ बजेदेखि लागू हुनेगरी अनिश्चित निषेधाज्ञा जारी गरेको छ ।

बुधबार भएको उक्त झडप उग्र बनेपछि निषेधाज्ञा आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले बताउनुभयो । झ’डपमा परी केही स्थानीयवासी र प्रहरीसमेत घाइते भएका छन । विषय सामान्य भए पनि विवाद उत्कर्षमा पुगेकाले अवस्था जटिल बनेको प्रहरीको भनाइ छ । प्रहरीले झडपलाई नियन्त्रण गर्न बुधबार ५० राउण्ड अश्रुग्यास प्रहार गरेको थियो । आज बिहान जिल्ला प्रशासनले कृष्णनगर भन्सार कार्यलयदेखि उत्तर तर्फ ७०० मिटर, पश्चिम तर्फ ७०० मिटर,पूर्व तर्फ ३०० मिटरमा निषेधाज्ञा लगाएको जनाएको छ । निषेधाज्ञा आदेश अवज्ञा गरे कानून बमोजिम कारवाही हुने जिल्ला प्रशासनले जनाएको छ । – रासस

 
 
  
 

You may also like