बजाज पल्सर एनएस १ सय २५ सिसि लन्च

by समतल अनलाइन

बुटवल। रुपन्देहीको आधिकारीक विक्रेता भैरव अटोमोबाईल्स प्रालिको आयोजनामा बुटवलमा नया बाईक लन्च गरिएको छ । बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्जल कसजुले दुई पाग्रे सवारीमा ग्राहकको रोजाईको पहिलो नम्बरमा पर्ने बजाजको तराई सडकका लागि धेरै उपयोगी र ईकोनोमी पल्सर एनएस १ सय २५ सिसि बाईक लन्च गरे ।

भैरव अटो मोबाईल्स प्रालिका अध्यक्ष गोपाल बहादुर पोखरेलले बजाजको दशैतिहार विशेष अफर शुरु भएको जानकारी गराए । बिएस सिक्स प्रविधिको पहिलो बाईक भएको उनले बताए । बाईकको बजार मुल्य २ लाख ७९ हजार ९ सय रुपैयामा रहेको छ । कम्पनीले रातो, निलो, सुन्तला र खैरो गरि ४ कलरमा बजारमा आएको छ । यो संगै असोज २ गतेदेखि ७ गतेसम्म महामेला एक्सचेन्ज समेत चलाउने भएको छ ।

भैरव अटोमोबाईलका संचालक कपिल खड्काले बताए । कम बजेटमा उत्कृष्ट सिरिजको लुक्स भएको उनको दाबी गरे । बजारमा १८ वटा मोडलहरु बजाजका दुईपाग्रे बिक्रीवितरण हुँदै आएको छ ।

कार्यक्रममा भैरवका संचालक कृष्ण बहादुर खड्का, ठाकुर खड्का क्षेत्री, बिनिप्रसाद भारी, बजार म्यानेजर सुबिन भारीले बजाज सम्बन्धि राखिएको क्विज प्रतियोगितामा सहि जवाफ दिने दर्शकलाई मायाको चिनोबाट सम्मान गरेका थिए ।

चर्चित गायक प्रमोद खरेल र टीका प्रसाईले शनिबार बुटवल झरिमा दर्शकलाई नचाएका छन । एक त झरि अर्को विश्वकर्मा पुजाको दिन राखिएको बजाज पल्सर एनएस १ सय २५ सिसि लन्च कार्यक्रममा गायक प्रमोद खरेल र गायिका टीका प्रसाईले नचाए ।

कार्यक्रममा गायिका टीका प्रसाईले नाई मलाई थाहा छैन, तिम्रो आखा गाजलेले नहेर मलाई लाज, गायक प्रमोद खरेलले म बाचेकै तिमिसंग माया लाउन हो, ओए झुमा झुम्कावाली, चाहिदैन तिमी बिनाको, यो कुरा गोप्य नै राखौला, गाएका थिए । यता सुमन कार्कीले उदघोषणसंगै क्यारिकेचर प्रस्तुत गर्दै दशर्कलाई हसाए । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता गोल्छा अर्गनाईजन अन्तरगतको हंसराज हुलास चन्द एण्ड कम्पनीले देशका विभिन्न शहरमा सागितिक कार्यक्रममार्फत नया बाइक लन्च कार्यक्रम बुटवलमा पनि भएको हो । पुर्व बिर्तामोडदेखि शुरु गरेर ईटहरी, जनकपुर, भरतपुर, बुटवल हुदै नेपालगंजमा पुगेर कार्यक्रम समापन हुने उनले बताए ।

 
 
  
 

You may also like