चोलेन्द्र शमशेरविरुद्धको महाअभियोग विषयमा सिफारिस समितिमा छलफल शुरु

by समतल अनलाइन

काठमाडौं । निलम्बित प्रधानन्यायाधी चोलेन्द्र शमशेर जबराविरुद्ध लागेको महाअभियोगको विषयमा सिफारिस समिति छलफल सुरु भएको छ । जबरासँगको सुनुवाई र उनले पोलेका व्यक्तिहरूसँगको बयानपछि आज समितिको बैठक बसेको हो ।

बैठकले जबरामाथि महाअभियोग लगाउने वा नलगाउने निणर्य गर्ने समितिका सदस्यहरूले बताए । शनिबार बिहान सिफारिस समितिले जबरालाई पूरक प्रश्न सोधेको थियो । त्यसपछि समितिका सदस्यहरूलाई समितिको सचिवालयले तयार पारेको प्रतिवेदनको मस्यौदा बुझाएको थियो ।

अबको बैठकले उक्त प्रतिवेदनलाई अन्तिम रुप दिनेछ । निर्वाचन आयोगले प्रतिनिधिसभाको कार्यकाल शनिबार राति १२ बजेपति सकिने भनेकाले सिफारिस समितिले आजै सभामुखलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

 
 
  
 

You may also like