स्कलर्स होमले विविध कार्यक्रम गरी ५८ औं बालदिवस मनायो

by समतल अनलाइन

बुटवल । स्कलर्स होम बोर्डिङ स्कुलले ५८ औं बालदिवस विविध कार्यक्रम गरि मनाएको छ। विद्यालयले तहगत समुहमा विभाजन गरी वक्तृत्वकला कार्यक्रम आयोजना गरेको छ ।

आधारभुत तहमा “बाल अधिकार भविष्य निर्माणको आधार ” तथा माध्यमिक तहमा ” बाल अधिकार प्रवर्द्धनमा अभिभावकको भुमिका ” शिर्षकमा बिद्यार्थीहरु आफ्ना भनाईहरु राखेका हुन ।

विभिन्न तह फाइनलमा ८/८ जना प्रतियोगीहरुले भाग लिएको सो प्रतियोगितामा आधारभुत तह तर्फ स्लेसा शर्मा प्रथम, सदिच्छा क्षेत्री द्वितीय तथा बिपाश्ना गौतम तृतीय भएका थिए ।

त्यस्तै मा . बि तर्फ सुलक्षणा आचार्य प्रथम,स्वेश्ना थापा द्वितीय र एन्जिला पौडेल तृतीय भएका थिए ।

सोही अवसरमा कक्षा ६-१० सम्मका बिद्यार्थीहरु बिच छात्र र छात्रा समूह बनाइ म्युजिकल चियर खेल पनि खेलाइएको थियो ।

कक्षा ९ कि छात्रा मेरिश्मा महतको सभापतित्वमा भएको कार्यक्रममा बिद्यालयका प्राचार्य बाबुराम बन्जाडेले प्रमुख आतिथिको रुपमा मन्तव्य राख्दै बाल अधिकारको प्रवर्धन तथा रक्षा गर्ने जिम्मा परिवार , समाज र राष्ट्रको रहेको बताउदै बालमैत्री वातावरण बनाउन बिद्यालय कटिवद्ध रहेको बताउनुभयो ।

बाल अधिकारका बारेमा विद्यार्थीहरु आफै पनि सचेत हुनुपर्ने कुरामा प्राचार्य बाबुराम बन्जाडेले जोडदिनुभयो

सोही कार्यक्रममा आफ्नो मन्तव्य राख्दै बिद्यालयका उप-प्राचार्य टिकाराम गौतमले बाल अवस्थ्या जिवनको अत्यन्तै सम्वेदनशिल अवस्था भएकोले हरेक बालवालिकाको अधिकार प्राप्तिको लागि समाजमा रहेका हरेकले सहजिकरण गर्नुपर्ने बताउनुभयो ।

सो कार्यक्रममा बिजयी विद्यार्थीहरुलाइ प्राचार्य बाबुराम बन्जाडे एवम उप- प्राचार्य टिकाराम गौतमले पुरस्कार बितरण गर्नुभयो ।

विद्यालयका शिक्षक तथा मा. बि . संयोजक नेत्र प्रसाद भट्टराई एवं शिक्षिका सबित्रा गौतमले प्रतियोगितामा निर्णायकको भुमिका निभाउनु भएको थियो भने कार्यक्रमको सन्चालन शिक्षक प्रदिप देवकोटाले गर्नुभएको थियो ।

विद्यालय संयोजक शोभारानी प्रधानको विशेष ब्यवस्थापनमा भएको कार्यक्रममा अतिरिक्त क्रियाकलाप संयोजक मुनुकान्त क्षेत्री शिक्षिकाहरु दिल कुमारी उपाध्याय र सृजना गौतमले सहजिकरण गर्नुभएको थियो ।

 
 
  
 

You may also like