थप ११९ मा कोरोना संक्रमण, १३० जना निको

by समतल अनलाइन

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ११९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४,०८४ नमूना परीक्षण गर्दा ११९ को रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

मन्त्रालयका अनुसार पीसीआरबाट ८९ र एन्टिजेन विधिबाट ३० जनामा संक्रमण देखिएको हो । बुधबार थप १३० जना कोरोनामु्क्त भएका छन् । आज कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । हाल २१९१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

 
 
  
 

You may also like