कति छ आज विदेशी मुद्राको विनिमय दर ?

by समतल अनलाइन

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १२६ रुपैयाँ ३४ पैसा र बिक्री दर १२६ रुपैयाँ ९४ पैसा रहेको छ । युरो एकको खरिद दर १२८ रुपैयाँ ५० पैसा र बिक्री दर १२९ रुपैयाँ २० पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १४८ रुपैयाँ २० पैसा र बिक्री दर १४८ रुपैयाँ ९० पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ५८ पैसा र बिक्री दर ३४ रुपैयाँ ७४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 
 
  
 

You may also like