सभामुख सापकोटा र चिनियाँ जनकंग्रेसका अध्यक्ष लीबीच भेटवार्ता

by समतल अनलाइन

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र नेपाल भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समितिका अध्यक्ष ली चाङशुबीच शिष्टाचार भेट भएको छ ।

सोमबार संघीय संसद भवन नयाँ बानेश्वरको तिलिचो हलमा उनीहरुबीच शिष्टाचार भेट भएको सभामुख सापकोटाको नीजि सचिवालयले जनाएको छ । ली चार दिने नेपाल भ्रमणका लागि सोमबार ६७ सदस्यीय टोलीको नेतृत्व गर्दै आइपुगेका हुन् । सोमबार दिउँसो काठमाडौं उत्रिएका लीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख सापकोटाले स्वागत गरेका थिए ।

नेता ली नेपालमा तीन दिनसम्म रहने छन् । उनले त्यसक्रममा प्रधानमन्त्री, राष्ट्रपति, प्रतिपक्षी दलका नेता र संसदमा प्रमुखहरुसँग संवाद गर्ने भएका छन् ।

 
 
  
 

You may also like