५६ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता

by समतल अनलाइन

कन्चन । रुपन्देहीको कञ्चन गाउँपालिकामा ५६ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता कार्यक्रम कञ्चन गाउँपालिकामा सम्पन्न भएको छ ।

कञ्चन गाउँपालिका अध्यक्ष नवराज ढकालको अध्यक्षत्तामा सम्पन्न भएको कार्यक्रममा अध्यक्ष ढकालले अन्तराष्ट्रिय साक्षरता दिवसको दिन सम्पूर्ण लाई शुभकामना दिदै अन्तर बिद्यालय वक्तृत्वकला प्रतियोगिता कार्यक्रमले बिद्यार्थीहरुमा लुकेर रहेको क्षमता बाहिर ल्याउने र उच्च मनोबल समेत बढने बताउनु भयो ।

साथै यो कार्यक्रम महत्त्वपूर्ण रहेको र बिकास भनेको भौतिक र मानवीय बिकास हुने बताउदै बिद्यालयको भौतिक सगै गुणस्तरीय पक्षलाई सुधार गर्दै अगाडि बढ्ने अध्यक्ष नवराज ढकाल बताउनु भएको हो । कार्यक्रममा विशिष्ट अतिथि कञ्चन गाउँपालिका उपाध्यक्ष मौसमी थापाले बिद्यार्थीहरुको अन्तर निहित प्रतिभालाई यो कार्यक्रमले सहयोग पुग्ने हुँदा यस्ता कार्यक्रमलाई गाउँपालिकाले सधै प्राथमिकतामा राख्ने बताउदै सहभागी नै सबैभन्दा ठूलो कुरो रहेकोले सम्पूर्ण बिद्यार्थीलाई सफलताको शुभकामना दिनु भएको छ ।

यस्तै कार्यक्रममा कञ्चन शिक्षा साखा प्रमुख रमेश भुसालले छोटो समयमा तयारी गरकोे कार्यक्रममा सहभागी भई कार्यक्रमलाई सफल पार्न सहयोग गर्ने बिद्यार्थीहरुलाई धन्यवाद दिदै कञ्चनको शिक्षा साखाले बिद्यालय बिद्यार्थीको लागि काम गर्ने बताउनु भयो “साक्षरता र शिक्षा शिर्षकमा बिद्यार्थीहरुले आ–आफ्नो भनाइ राखेका थिए । कञ्चन गाउँपालिका सामुदायिक र संस्थागत बिद्यालयका आधारभूत तहमा १९ बिद्यार्थी र माध्यमिक तहमा ११ जना बिद्यार्थीको सहभागी रहेको कञ्चन शिक्षा साखा प्रमुख रमेश भुसालले बताउनु भयो ।

वक्तित्वकला प्रतियोगितामा आधारभूत तह तर्फ प्रथम हुनेमा रुद्रपुर मा।वि मा अध्यनरत निर्देशिका अधिकारी, द्धितिय बुद्धदिप वोडिङ स्कुल अध्यनरत प्रविण अधिकारी र तृतिय सरस्वती मा.वि.अध्यनरत आरध्या अधिकारी र हिमालय आधारभूत बिद्यालय अध्यनरत सपना थापा रहेका छन् ।

त्यस्तै माध्यमिक तह तर्फ प्रथम हरैया माध्यामिक बिधालयमा अध्यनरत प्रसिद्धी अधिकारी, द्धितिय सरस्वती माध्यमिक बिधालय अध्यनरत सलिना बि।क र तृतिय भैँसाही माध्यमिक बिद्यालयमा अध्यनरत उमा थारु भएका थिए ।
कार्यक्रममा सहभागी सम्पूर्ण लाई प्रमाणपत्र दिएको थियोे भने प्रथम द्धितिय, तृतिय हुनेलाइ प्रमाणपत्र र स्टेसनरी दिएको थियोे । उक्त कार्यक्रमको सञ्चालन प्रधानमन्त्री रोजगार संयोजक इश्वरी ज्ञवालीले गर्नु भएको थियो ।

 
 
  
 

You may also like