‘जताको साथमा काँग्रेस’ अभियान : बुटवलमा क्षेत्रीय भेला

by समतल अनलाइन

नेपाली काँग्रेसको केन्द्रीय कार्यक्रम ‘जनताको साथमा काँग्रेस’ अभियान अन्तरगत बीहिबार बुटवलमा क्षेत्रीय भेला गरिएको छ । नेपाली काँग्रेस क्षेत्र नं. २ रुपन्देहीको आयोजनामा क्षेत्रीय भेला गरिएको हो ।

पार्टीले जिल्ला जिल्लामा केन्द्रीय प्रतिनीधि परिचालन गरेर जनताका पिरमर्का के छन् ? उनीहरुका समस्या र गुनासा सुन्नको लागि ‘जनताको साथमा काँग्रेस’ अभियान सञ्चालन गरेको हो । यहि भदौ १० गतेदेखि सुरु भएको यो अभियान शुक्रबार सकिने छ । त्यसको लागि नेपाली काँग्रेसले केन्द्रीय सदस्य योगेन्द्र चौधरीलाई केन्द्रीय प्रतिनीधिको रुपमा रुपन्देही जिल्लामा खटाएको छ ।

बीहिबार बुटवलमा आयोजना गरिएको कार्यक्रममा केन्द्रीय सदस्य गंगा शाहीले मुलुकको विकास र समृद्धिको लागि नेपाली काँग्रेसको विकल्प नभएको बताउनु भयो । उहाँले संविधान र व्यवस्था रक्षाको लागि काँग्रेसको नेतृत्वमा ५ दलीय गठबन्धन बनेको बताउँदै सबै प्रतिवद्ध भएर गठबन्धनका उम्मेद्वारलाई जिताउनु पर्ने भनाई राख्नुभयो ।

क्षेत्रीय समितिका कार्यवाहक सभापति परशुराम ढकालको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका सभापति तथा तिलोत्तमाका नगरप्रमुख रामकृष्ण खाँण, बुटवल नगर सभापति तथा बुटवलका नगरप्रमुख खेलराज पाण्डे लगायतले भनाई राख्नुभएको थियो । कार्यक्रम क्षेत्रीय सचिव विमलराज भट्टराईको सञ्चालनमा भएको थियो ।

 
 
  
 

You may also like