चार हजार पदमा नेपाली सेनाले माग्यो दरखास्त

by समतल अनलाइन

काठमाडौं । नेपाली सेनाले रिक्त दरबन्दी पदपूर्तिका लागि ठूलो संख्यामा आवेदन आह्वान गरेको छ । भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले चार हजार रिक्त पदमा आवेदन माग गरेको हो । देशभरका २८ ठाउँका लागि दरखास्त आह्वान गरिएको छ ।

खुलातर्फ दुई हजार ८८ र बाँकी समावेशीतर्फ गरेर चार हजार पदमा सेनाले आवेदन माग गरिएको छ । आजबाट असोज २३ गतेसम्म आवेदन दिन सकिने छ । दोब्बर शुल्क तिरेर थप एकहप्ता आवेदन दिने व्यवस्था मिलाइएको जंगी अड्डाले जनाएको छ ।

 
 
  
 

You may also like