लुम्बिनी प्रदेशको शिक्षा क्षेत्रमा उल्लेख्य लगानी ः शिक्षा मन्त्री खाँ

by समतल अनलाइन

रुपन्देही । लुम्बिनी प्रदेशका शिक्षा, युवा तथा खेलकुद मन्त्री वसिउद्धिन खाँले सरकारले प्रदेश भित्रको शिक्षा क्षेत्रमा उल्लेख्य मात्रामा लगानी गरेको बताउनु भएको छ ।

उहाँले प्रदेश सरकारले आफ्नै बिश्व बिद्यालय सञ्चालन गर्ने गरी बाँकेको नेपालगञ्जमा लुम्बिनी प्राबिधिक बिश्व बिद्यालय स्थापना गरेको बताउदै शिक्षा क्षेत्रको बिकासका लागि आबश्यक बजेट छुट्टाएको बताउनु भयो ।
रुपन्देहीको सियारी गाउँपालिकामा तेश्रो सियारी शिक्षा दिवस तथा ५६ औ अन्तराष्ट्रिय शाक्षरता दिवस बिभिन्न कार्यक्रममा बोल्दै मन्त्री खाँले उच्च शिक्षामा पनि लगानी बृद्धि गएको बताउनु भयो ।

उहाँले सियारीलाई माछाको हवको साथै शिक्षाको हवको रुपमा बिकास गर्दै जाने योजना अनुसार सियारीको शिक्षा क्षेत्रमा बिभिन्न योजनाहरु परेको बताउनु भयो ।
उहाँले सियारीस्थित छपियामा प्रदेशकै नमुना बिज्ञान संग्रालय निर्माण गर्न लागिएको बताउनु भयो । सियारीको छपिया नमुना माविलाई प्रदेशकै नमुना संग्रालयको रुपमा बिकास गर्न १० करोड रुपैया बिनियोजन भएको र त्यसको काम केहि समय भित्रै शुरु हुने बताउनु भयो ।
सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले सियारीलाई पर्यटनका साथ साथै शिक्षाका क्षेत्रमा पनि परिचित बनाउने गरी कामहरु अगाडि बढेको बताउनु भयो । उहाँले यस क्षेत्रका कतिपय बिद्यालयहरुको स्तरोन्नती गर्नु पर्नेभएकाले प्रदेश सरकारले आबश्यक बजेटको प्रबन्ध मिलाईदिन मन्त्री खाँसमक्ष आग्रह गर्नु भयो ।

शिक्षा दिवसको अवसरमा सियारी गाउँपालिका भित्र शिक्षा क्षेत्रमा योगदान पु¥याउने शिक्षक, बिद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा पदाधिकारी, बिद्यार्थी लगाएतलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रमुख प्रशाशकिय अधिकृत रोमनाथ न्यौपाने, शिक्षा शाखा प्रमुख सुधिर पौडेल लगाएतले बोल्दै १० बर्षे सियारी शैक्षिक योजना निर्माण गरी त्यसको कार्यन्वयनको बाटोमा रहेको उल्लेख गर्नुभयो । उहाँहरुले सियारीको शैक्षिक गुणस्तरमा सुधार आएको बताउदै सियारीलाई शैक्षिक हवको रुपमा बिकास गर्नका लागि पालिका लागिरहेको बताउनु भयो ।

 
 
  
 

You may also like