आर्थिक एजेन्डा सेटिङ गर्नु आजको महत्त्वपूर्ण अभिभारा हो – पुर्वमन्त्री झाक्री

by समतल अनलाइन

बुटवल।नेकपा समाजबादीका केन्द्रीय सचीव एवम पुर्वमन्त्री रामकुमारी झाक्रीले आजको आवस्यकता आर्थिक एजेन्डा रहेको बताएकी छन । रिपोर्टस क्लब नेपाल लुम्बिनी प्रदेशले बुटवलमा राखेको साक्षात्कार कार्यक्रममा बोल्दै झाक्रीले चुनाव अगावै विभिन्न दलले मोलमलाई गरी उम्मेदवार चयन गर्ने प्रक्रिया हुँदा इमान्दार , सक्षम र निष्ठावान नेता एवम कार्यकर्तालाई मार पर्ने बताएकी हुन । उनले भनिन् – `सत्ता गठबन्धन आजको आवस्यकता हो र यो गठबन्धन कायम नै रहन्छ ।´ साथै उनले थपिन एमालेले सत्तामा रहँदा जे पनि बोल्ने , हावादारी गफ दिने , रेल , पानीजहाज लगायतका कयौं खोक्रा भाषण गरेर पपुलर हुन खोज्ने र सत्ता बाहिर हुदाँ सधै बिरोध गरेझै गरि नेपाली जनतालाई बेकुप बनाउने खेलप्रती सबै सचेत र सजग हुन पर्ने बताएकी थिइन ।

पत्रकारहरुले गठबन्धन बाट तपाइले टिकट पाउनुभो भने गुल्मी २ बाट तपाईले जित्ने आधार के हो भनेर प्रश्न गर्दा भनिन् , स्थानिय स्तरका जनतामा नैरश्यता , अशिक्षा , गरिबी लगायतका थुप्रो समस्याहरु बिगत लामो समय देखि रहदै आएका छन । जति पटक निर्वाचन जितेपनी स्थानिय जनस्तर सम्म काम गर्ने नेता नपाउनु र पटकपटक जिताएको अनुहारलाई भन्दा नयाँ अनुहार गुल्मी २ ले खोजेको छ त्यसकारण म चुनाव जित्छु ।

यस्तै कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम संविधान सभा सदस्य योगेन्द्र चौधरीले नेकपस एमाले जनता संग गएर मत माग्ने कुनै आधार नरहेको बताएका थिए । उनले थपे आफैले टेबल गरेको नागरिकता बिधयेक प्रती एमालेले प्रतिपक्षमा रहँदा बिरोध गरेर पपुलर बन्न खोज्नु गलत रहेको टिप्पणी गरेका थिए । उनले भने संबिधानको रक्षाका निम्ति , मुलुक परिवर्तनका लागि , आर्थिक क्रान्ति एवम विभिन्न बेथितिलाई चिर्नका लागि ५ दलिय गठबन्धनको आवस्यकता रहेको उनले बताए ।

यस्तै कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एबम पुर्व संविधान सदस्य बिनोद पहाडीले आफू गठबन्धनको उम्मेदवार रहेमा रुपन्देही क्षेत्र नम्बर २ मा आफुले सहज जित निकाल्ने ठोकुवा गरेका थिए । उनले भने- `म मजदुर र उद्योगपति संग उत्तिकै नजिक छु´। क्षेत्र नम्बर २ बासी सबैका समस्या र भावनालाई म राम्रो संग बुझ्दछु ।

यस्तै कार्यक्रममा नेकपा एमालेका नेता एवम सार्वजनिक लेखा समिती लुम्बिनी प्रदेशका सभापती बिष्णु पन्थीले निर्वाचन निकै खर्चिला भए। इमानदार तवरले राजनीति गरेका नेताले टिकट पाए भने आर्थिक समस्याकै कारण टिकट नपाउने समस्याको उत्पन्न भयो । निर्वाचन जिताउने हराउने जनताको रोजाई हो । सख्भर चुनावलाई खर्चिलो नबनाउँ । उनले थपे एमालेलाई जतिनै घेराबन्दी गरेतापनी लुम्बिनीप्रदेशम एमालेको आफ्नो बिरासत छ र त्यसलाई अहिलेको चुनावमा पनि जोगाउँछ । कार्यक्रममा प्रेस युनियन रुपन्देहीका सभापति रेखा भुसाल , अग्रज पत्रकार दामोदर खनाल लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम रिपोर्टस क्लब लुम्बिनी प्रदेशका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षता एवम तेजेन्द्र केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

 
 
  
 

You may also like