बालुवाटारमा कार्यदलको ‘निर्णायक’ भनिएको बैठक शुरु

by समतल अनलाइन

काठमाडौं । बालुवाटारमा सत्ता गठबन्ध आवद्ध कार्यदलको निर्णायक भनिएको बैठक शुरु भएको छ । गठबन्धनका शीर्ष नेतालाई सिट बाँडफाँटको प्रतिवेदन बुझाउने गरी ११ सदस्यीय कार्यदलको बैठक शुरु भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट बैठक शुरु र आजको बैठक निर्णायक हुने बताइएको छ । बुधबारको बैठकमा प्रतिनिधि सभाका १६५ सिटसहित प्रदेश सभामा समेत सहमति जुटाउने र सोही अनुसारको प्रतिवेदन बुझाउने कार्यदलको तयारी छ ।

मंसिर ४ मा हुने निर्वाचनका लागि ५ दलीय सत्ता गठबन्धनले सिट बाँडफाँट गर्न कांग्रेस नेता कृष्ण सिटौलाको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।

 
 
  
 

You may also like