कोरियामा एकै दिन ९९ हजारमा कोरोना संक्रमण

by समतल अनलाइन

सोल । विश्व स्वास्थ्य संगठनले विश्वव्यापी रूपमा कोभिड-१९ संक्रमण र मृत्युदर घटेको बताए पनि दक्षिण कोरियामा भने उल्लेखनीय रुपमा घटेको छैन ।

सोमबार मध्यरातसम्म सार्वजनिक विवरणअनुसार ९९ हजार ८ सय ३७ जना नयाँ संक्रमित थपिएका छन् । हाल दक्षिण कोरियामा संक्रमितको संख्या २ करोड ३७ लाख ६ हजार ४ सय ७७ पुगेको स्वास्थ्य अधिकारीहरूले मंगलबार जानकारी दिएका छन् ।

सोमबार कोरोना संक्रमणका कारण ४३ जनाको मृत्यु भएसँगै कोरियामा कोभिड लागेर ज्यान गुमाउनेको संख्या २७ हजार १ सय ९३ पुगेको छ । भारतमा भने एक दिनमा ४ हजारभन्दा बढीमा कोरोना संक्रमण भएको छ । यहाँ २४ घण्टाको समयावधी अर्थात सोमबार मध्यरातिसम्म ४ हजार ४ सय १७ जना संक्रमित भएका संघीय स्वास्थ्य मन्त्रालयले मंगलबार सार्वजनिक गरेको छ ।

 
 
  
 

You may also like