चिलीमा विरोध प्रदर्शन जारी, एक सातामा २० जनाको मृत्यु

by समतल अनलाइन

सान्टियागो । चिलीमा जारी विरोध प्रदर्शनका क्रममा कम्तीमा २० जनाको मृत्यु भएको छ ।

गत अक्टोबर १९ देखि २७ सम्म आपतकाल लागू भएको यस समयावधिमा जारी रहेको सरकार विरोधी प्रदर्शनमा कम्तीका २० जनाको मृत्यु हुनुका साथै अन्य ४ सय ७३ जना घाइते भएका त्यहाँको गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यस विरोध प्रदर्शनको क्रममा सयौंको सङ्ख्यामा सशस्त्र प्रहरीहरु पनि घाइते भएका छन् । उक्त समयावधिमा ४ सय ४५ प्रहरीका कार, ४९ उपमार्ग स्टेशन र २६ बस क्षतिग्रस्त भएको छ ।

कर्फ्यु लगाइएको यस अवस्थामा ७ हजार १६६ जनालाई पक्राउ गरिएको र २ हजार ३७ जनालाई कारागार चलान गरिएको छ ।

गत सोमबार चिलीका राष्ट्रपति सेबास्टियन पिनेराले सरकारको विरोधको प्रदर्शन गरिरहेका प्रदर्शनकारीको मागको सम्बोधन गर्दै आठ जना मन्त्रीलाई प्रतिस्थापन गरेका थिए।

तर पनि प्रदर्शन अझै रोकिएको छैन । सार्वजनिक यातायातको भाडा बढाइएपछि विद्यार्थीले यो प्रदर्शन शुरु गरेका थिए ।

 
 
  
 

You may also like