मोहना नदीमा डुबेर दुई जना बेपत्ता

by समतल अनलाइन

कैलाली । धनगढीको मोहना नदीमा डुबेर बिहीबार दुई जना बेपत्ता भएका छन् । धनगढी उपमहानगरपालिका-१९ स्थित मोहना नदीमा खेदा गाउँका बमबहादुर चौधरीका २६ वर्षीय छोरा माने भन्ने रिसमान चौधरी नदीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

रिसमान नदीमा बाढीले बगाई ल्याएको दाउरा निकाल्ने क्रममा पानीमा डुबेर बेपत्ता भएका हुन् । धनगढी उपमहानगरपालिका- ३ चटकपुरस्थित मोहना नदीमा डुबेर सोही ठाउँका मोहन रानाका १० वर्षीय छोरा प्रिन्स नदीमा डुबरे बेपत्ता भएको प्रहरी नायब उपरीक्षक जोशीले बताए । नदीमा डुबेर बेपत्ता दुवैको खोजी भइरहको बताइएको छ ।

 
 
  
 

You may also like