कति छ आज विदेशी मुद्राको विनिमय दर ?

by समतल अनलाइन

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १२६ रुपैयाँ ८३ पैसा र बिक्री दर १२७ रुपैयाँ ४३ पैसा रहेको छ । युरो एकको खरिद दर १२६ रुपैयाँ ५४ पैसा र बिक्री दर १२७ रुपैयाँ १४ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १४७ रुपैयाँ ३६ पैसा र बिक्री दर १४८ रुपैयाँ ०५ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ५२ पैसा र बिक्री दर ३४ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 
 
  
 

You may also like