स्कलर्समा तिजगित नृत्य कार्यक्रम सम्पन्न

by समतल अनलाइन

बुटवल। स्कलर्स होम विद्यालय तथा कलेजमा तिजगित नृत्य कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालयमा स्थापना कालदेखी शिक्षण पेशा गराउनु भएकी सीता शाहीको अध्यक्षता र विद्यालयका प्राचार्य बाबुराम बन्जाडेको प्रमुख आतिथ्यतामा भएको सम्पन्न भएको हो।

कार्यक्रममा कक्षा नर्सरी देखि कक्षा १२ सम्मका अध्ययनरत विद्यार्थीले विभिन्न समुहमा आ- आफ्नो तिज संस्कृतिका गीत तथा नृत्यहरू प्रस्तुत गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय हास्य कलाकार पुरुषोत्तम भन्डारी ‘पुर्खे बा’ ले सबैलाई मनोरञ्जन प्रदान गर्नुभएको थियो भने विद्यार्थीहरुले आफ्नो प्रस्तुति देखाउनुका साथै सुभकामना आदानप्रदान गरेका थिए ।

कार्यक्रममा बोल्दै प्राचार्य बाबुराम बन्जाडेले आफैंमा अतिरिक्त क्रियाकलापमा सबैको अनुकरणीय भएको भन्दै विद्यालयले देखाएको बाटाेमा सम्पूर्ण विद्यार्थीहरू लाग्नुपर्ने कुरामा जाेड दिएका थिए।

साथै नेपाली संस्कृतिमा पश्चिमी संस्कृतिको प्रभाव परिरहेको हुंदा आफ्नो पहिचानलाई जाेगाउनका लागि विद्यार्थीहरू सचेत हुनुपर्नेमा जाेड दिदै स्कलर्स होम संस्कार र संस्कृति सृजनशिलता सिकाउने विद्यालय भएको बताएका थिए। कार्यक्रमकाे सञ्चालन लेखा शाखा प्रमुख राजु भण्डारीले गरेका थिए।

प्रतियोगितामा कक्षा नर्सरी देखि कक्षा १२ सम्म २६ विभिन्न समुहको प्रस्तुति रहेको थियो।

तिज नृत्य प्रतियोगितामा कक्षा नर्सरी देखि १२ सम्म २६ विभिन्न समुहको प्रस्तुति रहेको थियो जसमा कक्षा एल के जि देखि १ सम्मको प्रतियोगिता बाट युनिसा समूह प्रथम क्रमश यु के जि को प्रज्ञा समुह द्दितिय, १ कक्षाको इसा समुह तृतीय र १ कक्षाकै असिम समुह शान्तना स्थान प्रात्त गरेका थिए साथै कक्षा २ र तीन बाट क्रमश प्रथम मा कक्षा ३ को दिप्ती समुह, कक्षा ३ कै सितोस्या समुह द्दितिय र कक्षा २ को सोलिय समूह तृतीय स्थान प्राप्त गरेका थिए।

त्यसैगरी कक्षा ४ र ५ बाट कक्षा ५ को रिति समुह प्रथम क्रमश कक्षा ४ को आयुश्मा समुह द्दितिय र सुप्रिम समुह तृतीय स्थान प्राप्त गरेका थिए भने कक्षा ६-७ बाट कक्षा ७ को शेलेशा शर्मा को समूह प्रथम र कक्षा ६ को अनुस्का को समूह द्दितिय स्थान प्राप्त गरेका छन।

यसैगरी कक्षा ८ र १० कक्षा ८ को कामाना समूह प्रथम र कक्षा ९ को सबिन समूह द्दितिय भएका छन ।

त्यसैगरी बिहानी समयमा भएको कक्षा ११ र १२ को प्रतियोगितामा कक्षा ११ का दिक्ष्या महतोको समुह प्रथम कक्षा १२ को अनुस्का पाण्डे द्दितिय भएका थिए

विभिन्नस्थान प्राप्त बिद्यार्थीहरुलाइ मेडल, प्रमाण प्रत्र, र ट्रफी प्रदान गरिएको थियो सबै बिद्यार्थी हरि तीजको रातो सारी र पैरनमा उपस्थिति भएका थिए।

कार्यक्रममा पुर्खे बा को बेजोड प्रस्तुति पुरानो भाका र तिजको वास्तविक मर्म सहितका गितले रमाइलो बनाएको थियो।

कार्यक्रममा प्लस टु संयोजक चेत नारायण पन्थ को स्वागत मन्तव्य र उप प्राचार्य टिकाराम गौतम, ब्याबस्थापन संकाय संयोजक रामु रोका र अन्य शिक्षक हरुको उपस्थिती रहेको थियो |

कार्यक्रममा हास्य कलाकार पुरुषोत्तम भण्डारी पुर्खे बा, साबित्रा गौतम, दिलकुमारी उपाध्याय र बिष्णु रानाले मुल्यांकन गर्नु भएको थियो।

 
 
  
 

You may also like