दाङमा १७ वर्षीया किशोरी बलात्कृत

by समतल अनलाइन

दाङ । दाङमा एक जना १७ वर्षीया किशोरी बलात्कृत भएकी छन् । ती किशोरीलाई बलात्कार गरेको आरोमा बबई गाउँपालिका-५ हुरुम बस्ने २१ वर्षीय एक्कबहादुर अधिकारीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

अधिकारीले ती किशोरीलाई ललाई फकाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 
 
  
 

You may also like