यी जिल्लाका खोला-नदीमा आज बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह

by समतल अनलाइन

काठमाडौं । देशका धेरैजसो स्थानमा आज (आइतबार) बर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । देशका चार प्रदेशमा आज भारी बर्षाको सम्भावना रहेको बताइएको छ । जसका कारण आज ठूला नदीहरूमा पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज कन्काई, कोसी, वाग्मती, तिनाउ र यसका सहायक नदीहरूमा बहाव उल्लेख्य बढ्नेछ । केही सहायक नदीहरूमा जलसतह सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान छ ।

आज पाँचथर, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी, भोजपुर, खोटाङ, उदयपुर, ओखलढुंगा, दोलखा, रामेछाप, सिन्धुली, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर भई बहने केही साना नदीहरूमा पनि बहाव बढ्नेछ ।

यस्तै, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), तनहुँ, पाल्पा, स्याङ्जा, पर्वत, म्याग्दी, पाल्पा, अर्घाखाँची, कपिलवस्तु, रुपन्देही, गुल्मी, दाङ, बर्दिया, कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी, अछाम, सुर्खेत, कालीकोट, बाजुरा, बझाङ र आसपास भई बहने केही साना नदीहरूमा बहाव बढ्नेछ । केही साना नदीहरूमा आकस्मिक बहाव समेत हुन सक्ने पूर्वानुमान छ ।

यस्तै, चितवन, बारा, पर्सा, रौतहट, सप्तरी, बाँके र आसपास भई बहने साना नदीहरूमा समेत बहाव बढ्न सक्ने पूर्वानुमान छ । नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

 
 
  
 

You may also like