मेलम्ची-हेलम्बु सडक अवरुद्ध

by समतल अनलाइन

सिन्धुपाल्चोक । गए रातिको बाढीले मेलम्ची-हेलम्बु सडकअन्तर्गत मेलम्ची-११ मा सडक अवरुद्ध भएको छ । सीमखेत नजिकै नदी सडकमा पसेर कटान गर्दा यातायातका साधन सञ्चालनमा समस्या आएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।

सडक अवरुद्ध हुँदा हेलम्बु गाउँपालिका र मेलम्चीको वडा नं ६ र ७ का स्थानीय प्रभावित भएका छन् । पानीको बहाव हेरेर सडक सञ्चालन गरिने मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जानकारी दिए ।

सतर्कता अपनाउन अनुरोध

सिन्धुपाल्चोकको धाप र आसपासको क्षेत्रमा पछिल्लो छ घण्टामा भारी वर्षा मापन गरिएको छ । मध्यरातदेखि बिहानसम्म पनि वर्षा जारी रहेकाले सो क्षेत्र भई बहने स-साना नदीमा आकस्मिक बहाव हुने हुँदा तटीय क्षेत्र तथा पहिरो जान सक्ने भएकाले भिरालो जमिनमा बिहानसम्मै उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

यसैबीच मेलम्ची खोलामा पनि बाढी आएको मेलम्ची- ६ तालामाराङका योगबहादुर अर्यालले बताए । हेलम्बु र मेलम्चीका नदीतटका बासिन्दा पानी पर्ने बित्तिकै समस्यामा पर्ने गरेका छन् ।

 
 
  
 

You may also like