व्यवस्थित सहरीकरण र दिगो पूर्वाधार प्राथमिकतामा : प्रधानमन्त्री देउवा

by समतल अनलाइन

बुटवल । प्रधानमन्त्री शेरबहादुर देउवाले व्यवस्थित सहरीकरण, सुविधा सम्पन्न आधुनिक सहरी विकास र दिगो पूर्वाधार निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् ।

आज बुटवलमा निर्माणाधीन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको शनिबार उद्घाटन गर्दै उनले सुविधा सम्पन्न सहरी विकास र पूर्वाधारले आर्थिक विकासमा समेत सघाउने बताए । ‘व्यवस्थित सहरीकरण सुन्दर, स्वस्च्छ, दिगो हुन्छ । आर्थिक गतिविधि बढाउन पनि सहज हुन्छ,’ उनले भने ।

प्रधानमन्त्री देउवाले सभाहल सञ्चालनले बुटवलको आर्थिक विकास र सामाजिक गतिविधि बढाउन धेरै सहयोग पुग्ने बताएका छन । सभाहलको बढीभन्दा बढी उपयोग गर्न सके राष्ट्रिय अन्तर्राष्ट्रिय सभा सम्मेलन बढ्ने र त्यसले यहाँको दिगो विकास हुने उनले बताए । कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देहीमा सुरु योजनाहरू एकपछि अर्को गर्दै पूरा हुँदै र व्यवस्थित हुँदै गएको बताए । उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको संचालनपछि सभाहल बनेकाले यहाँ बढीभन्दा बढी राष्ट्रिय अन्तर्राष्ट्रिय कार्यक्रम हुने र यस क्षेत्रको आर्थिक क्रियाकलाप बढाउने बताए ।

सहरी विकास मन्त्री मेटमणि चौधरीले व्यवस्थित सहरी पूर्वाधार बनाउने र आर्थिक क्रियाकलाप बढाउने दृष्टिकोणमा सम्मेलन केन्द्र बनेको बताए । अन्तर्राष्ट्रिय कार्यक्रम समेत हुने भएकाले यसले रुपन्देही मात्र नभइ आसपासका जिल्लालाई पनि फाइदा हुने बताए । आर्थिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रमा अगाडि बढिरहेको बुटवललाई सम्मेलनकेन्द्रले कोसेढुंगाको रुपमा काम गर्ने बताए ।

अन्तर्राष्ट्रिय स्तरका सभा, सम्मेलन, गोष्ठी र बैठकहरू गर्न मिल्ने गरी बुटवलमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण भएको छ । रामनगरस्थित बुटवल मण्डपमा रहेको ९ बिघा ६ कठ्ठा क्षेत्रफलमा सम्मेलन केन्द्र फैलिएको छ । १ अर्ब ११ करोड रुपैयाँ लागतमा सहरी विकास मन्त्रालयले सम्मेलन केन्द्र बनाएको हो ।

 
 
  
 

You may also like