शाइनद्वारा विद्यार्थीलाई वित्तीय साक्षरता तालिम

by समतल अनलाइन

बुटवल । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले तिलोत्तमाको न्यु लाइट कलेजका विद्यार्थीलाई वितीय साक्षरता प्रदान गरेको छ ।बैंकको ड्राइभरटोल शाखाले शंकरनगरस्थित न्यू लाइट कलेजका बीबीएस प्रथम र दोस्रो वर्षका विद्यार्थीलाई वितीय साक्षरता प्रदान गरेको हो ।

उक्त कार्यक्रममा शाइन रेसुंगा डेभलपमेन्ट बैंक केन्द्रीय कार्यालयका डिजिटल बैकिङ अफिसर नारायण न्यौपानेले विद्यार्थीहरुलाई डिजिटल बैकिङ कारोबार र यसका फाइदाहरु जानकारी गराउंदै वित्तीय साक्षरताका विविध पक्षबारे जानकारी गराएका छन् ।

कार्यक्रममा न्यू लाइट कलेजका क्याम्पस प्रमुख रमेश ज्ञवाली र शाइन रेसुंगा डेभलपमेन्ट बैंक ड्राइभरटोल शाखा प्रमुख लक्ष्मण पाण्डेले डिजिटल बैकिङ कारोबार गर्दा बैंकमा पुगेर लाइन बस्नुनपर्ने हुंदा समयको वचत, रकम बोकेर हिंडदा हुनसक्ने चोरी डकैतीको समस्या नहुने र घर अफिसमै बसेर धेरैजसो बैंकिङ कारोबार गर्न सकिने धारणा राखेका थिए । कार्यक्रममा ५० जना भन्दा धेरै छात्र छात्रा सहभागिता रहेका थिए । लुम्बिनी प्रदेशमा केन्द्रीय कार्यालय र प्रदेशमा सबैभन्दा धेरै शाखा सञ्जाल भएको राष्ट्रियस्तरको शाइन रेसुंगा डेभलपमेन्ट बैंकले विगत वर्षदेखि नै डिजिटल बैकिङ कारोबार र वित्तीय साक्षरतालाई प्राथमिकताका साथ प्रवद्र्धन गर्दै आएको डिजिटल बैकिङ हेड नम्रता थापाले बताइन् ।

 
 
  
 

You may also like