नवौं राष्ट्रिय खेलकुदका लागि ६० करोड

by समतल अनलाइन

काठमाडौं । सरकारले गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तयारी र सम्पन्न गर्नका लागि रु ६० करोड बजेट छुट्याएको छ ।

आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने उक्त प्रतियोगिताको लागि रु ६० करोड छुट्याएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङले बताए । उनले उक्त रकम तीन पटक गरेर लिने समेत जानकारी दिए । पहिलो चरणमा रु १० करोड, दोस्रो चरणमा रु २३ करोड र तेस्रो चरणमा रु २७ करोड लिने बताए । सरकारले पहिलो चरणको लागि रु १० करोड रकम भने विनियोजन गरिसकेको छ ।

उक्त रकम विभिन्न प्रदेशमा प्रतियोगिताको तयारीको लागि पठाइसकेको सदस्य सचिव घिसिङले जानकारी दिए । राखेपले उक्त प्रतियोगिताको काउन्टडाउन समेत सुरु गरिसकेको छ । अब उक्त प्रतियोगिता सञ्चालन हुन ५० दिन बाँकी छ ।

प्रतियोगितामा विभिन्न ३६ खेल समावेश गरिएको छ भने ११ टोलीको सहभागिता रहनेछ । प्रतियोगितामा तीन सय ९३ स्वणर् तीन सय ९३ रजत र छ सय कास्य पदकको लागि प्रतिस्पर्धा हुनेछ । उक्त प्रतियोगिताको खेलस्थल भने यही भदौ १५ गतेसम्म टुङ्गो लाग्ने राखेप सदस्य सचिव घिसिङले बताए ।

 
 
  
 

You may also like