झापामा १७ वर्षीया किशोरी बलात्कृत

by समतल अनलाइन

झापा । झापामा एक जना १७ वर्षीया किशोरी बलात्कृत भएकी छन् । ती किशोरीलाई बलात्कार गरेको अभियोगमा बुद्धशान्ति गाउँपालिका-१ बस्ने ३२ वर्षीय उज्वल खुलाललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

उज्वलले ती बालिकालाई २०७८ माघ १० गते राति बुद्धशान्ति गाउँपालिका-१ पुलचोकस्थित होटल र पुनः इलाम हर्कटेस्थित होटलमा लगि बलात्कार गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 
 
  
 

You may also like