पूर्वमन्त्री एवं जसपा केन्द्रीय सदस्य मुसलमान माओवादीमा प्रवेश

by समतल अनलाइन

बुटवल । जनता समाजवादी पार्टी, नेपाल (जसपा) का केन्द्रीय सदस्य एवं पूर्व वन तथा भू-संरक्षण मन्त्री मोहम्मद वकिल मुसलमान नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।

पूर्वमन्त्री मुसलमानलाई मंगलबार राति माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपाध्यक्ष कृष्णबहादुर महरा, उपमहासचिव हरिबोल गजुरेललगायतले पार्टीमा स्वागत गरेका हुन् ।

मुसलमान २०६४ सालको पहिलो संविधानसभा सदस्य निर्वाचनमा तत्कालीन मधेसी जनअधिकार फोरम, नेपालबाट तत्कालीन रुपन्देही क्षेत्र नम्बर ७ बाट निर्वाचन जितेका थिए ।

 
 
  
 

You may also like