सत्ता गठबन्धनमा सिट बाँडफाँटको सकस : सहमति जुटाउन कार्यदलको वैठक बस्दै

by समतल अनलाइन

काठमाडौं । सिट बाँडफाँटमा सहमति जुटाउन सत्ता गठबन्धनले गठन गरेको कार्यदलको बैठक आज (बुधबार) बस्ने भएको छ । मंगलबार बसेको शीर्ष नेताहरुको बैठकले कार्यदललाई बिहीबारभित्र मापदण्डको टुंगो लगाउन दवाब दिएको थियो ।

सिट बाँडफाँटको मापदण्डमै सहमति नजुटेपछि मंगलबार प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठक बिना निष्कर्ष सकिएको थियो ।

मापदण्डलाई अन्तिम रुप दिन कार्यदलको बैठक आज साँझ ५ बजे बस्ने भएको छ । विभिन्न मोडालिटीमा छलफल गरिरहेको कार्यदल ०७४ को चुनावको प्रत्यक्ष, समानुपातिक तथा गएको स्थानीय निर्वाचनको नतिजाको आधार र पार्टीको पकड क्षेत्रका आधारमा सिट बाँडफाँटको टुंगो लगाउने तयारी गरेको छ ।

पाँच दलीय सत्ता गठबन्धनभित्र प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचने सिट बाँडफाँटमा सकस देखिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको सत्तारूढ गठबन्धन आबद्ध पाँच दलीय बैठकमा सिट बाँडफाँट ‘मोडालिटी’मा सामान्य छलफल हुनै लाग्दा नेताहरू दुई धारमा विभाजित बनेका हुन् । सिट बाँडफाँटका लागि बनाइएको कार्यदल सदस्य समेत सहभागी बैठकमा नेपाली कांग्रेसका नेता एकातिर र गठबन्धनमा आबद्ध अन्य दलका नेता अर्कोतिर भएर प्रस्तुत भएका छन् ।

 
 
  
 

You may also like