सप्तरीमा प्रहरी र स्थानीयबीच झडप, तीन राउण्ड हवाइ फायर

by समतल अनलाइन

सप्तरी । सप्तरीको बलान विहुल गाउँपालिका-४ बेल्हीमा मंगलबार अपरान्ह स्थानीय र सुरक्षाकर्मीबीच झडप हुँदा प्रहरीले तीन राउण्ड गोली चलाएको छ ।

तस्करी गरेर ल्याइएको समान बरामद गर्ने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको हुँदा स्थितिलाई नियन्त्रणमा लिन हवाइ फायर गरेको सप्तरीका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिएका छन् । उनका अनुसार कुनै अप्रिय घटना हुन नदिन प्रहरीले तीन राउण्ड हवाइ फायर गरेको हो ।

घर खानतलासी गर्न पुगेका प्रहरीलाई अवरोध पुर्‍याएपछि विवाद सुरु भएको थियो । विवाद बढ्दै जाँदा प्रहरी र स्थानीयबीच झडप भएको थियोे । झडपमा परेर केही प्रहरी र स्थानीय घाइते भएका प्रहरी प्रवक्ता काफ्लेले जानकारी दिए ।

 
 
  
 

You may also like