सहरमा झिलिमिलि गाउँमा गेरु र कमेरो

by समतल अनलाइन

 शिब अधिकारी

अर्घाखाँची ।हिन्दु धर्मावलम्बीहरुको महान चाड शुभ दिपावली अर्थात तिहार नजिकिदै गर्दा गाँउमा तिहारको लहर बढेको छ । घरदेखि टाढा रहेका दाजुभाइ तथा दिदीबहिनीहरु पनि एकै ठाउँमा जम्मा हुने क्रम पनि बढिरहेको छ ।

यमपञ्चक सुरु भएको दोस्रो दिन सम्म आईपुग्दा दिपावलिका लागि भनेर गाउँसहरका घरहरु सिगारिएका छन् । सहरमा झिलिमिली बत्ती बालेर भने गाउँमा रातो र सेतो कमेरोले घर लिपपोत गरि यस बर्षको दिपावलिलाई स्वागत गरिएको छ । यमपञ्चकको तेस्रो दिन गाई तथा लक्ष्मी पुजा गरि देउसि भैलो खेल्दै तिहारको अौपचारिक सुरुवात गरिन्छ ।

गाँउमा जोर मादल घन्काउदै देसि भैलोको तयारि गरिदै छ भने सहरमा साउन्ड सिस्टम बिक्रेताकोमा भिडभाड रहेको देख्न सकिन्छ । यस्तै यमपञ्चकको अन्तिम दिन भाईटिकाको दिन भाइ पुजा गर्न दिदिबहिनीहरु सरसामान जुटाउनै ब्यस्त रहेका छन । दिदिबहिनीहरु भाइ पुजाका लागि विभिन्न प्रकारका पक्वान्नहरु तयार गर्न लागिसकेका छन् । विविध किसिमका रोटीहरुको सुगन्धले गाउँ नै सुग्धित बनेको छ ।

 
 
  
 

You may also like