मंसिर ४ को निर्वाचनका लागि १० अर्ब बजेट तर्जुमा, दुई लाख जनशक्ति लाग्ने!

by समतल अनलाइन

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ मा हुने प्रदेश र संघको निर्वाचनका लागि १० खर्ब रुपैयाँ बजेट लाग्ने अनुमानसहित स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाएको छ । सोबारे मन्त्रालय र आयोगबीच छलफल भइरहेको आयोगका प्रवक्ता पौडेलले जानकारी गराएका छन् ।

उनका अनुसार आयोगले जनशक्ति व्यवस्थापन निर्देशिका, २०७९ स्वीकृत गरेको छ भने कुल करिब दुई लाख जनशक्ति लाग्ने अनुमान गरिएको छ । निर्वाचनमा ५७ प्रकारका निर्वाचन सामग्रीको प्रयोग हुने बताइएको छ ।

जसमध्ये आयोगबाट ४२ प्रकारका सामान र १५ प्रकारका सामान जिल्ला तहबाट खरिद गरिने आयोगका प्रवक्ता पौडेलले जानकारी गराए । केन्द्रबाट खरिद गर्दा लागत कम हुने पाइएकाले त्यसअनुसार खरिद प्रक्रिया (बोलपत्र) सुरु भइसकेको उनको भनाइ छ ।

आयोगले निर्वाचन शिक्षा तथा मतदाता शिक्षासम्बन्धी अवधारणापत्र, २०७९, मतदाता शिक्षा नीति, २०७८, निर्वाचन तालिम निर्देशिका, २०७८ अनुसार काम गर्ने तयारी पनि सुरु गरेको छ । आयोगले निर्वाचन आचारसंहिता, २०७८ लाई परिमार्जनको तयारी गरेको छ ।

त्यस्तै निर्वाचनको तयारीका सन्दर्भमा दलहरुसँग चाँडै राजनीतिक परामर्श गर्दैछ ।आयोगले निर्वाचनमा अनुगमनका लागि अनुगमन निर्देशिका र पर्यवेक्षणका लागि पर्यवेक्षण निर्देशिका पनि जारी गर्दैछ ।

 
 
  
 

You may also like