प्रदिप गिरी सच्चा र असल नेता : प्रधानमन्त्री

by समतल अनलाइन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदिप गिरीको निधनमा दुःख ब्यक्त गरेका छन । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गिरीको निधनले एक असल र सच्चा नेता गुमाएको प्रधानमन्त्री देउवाले जनाएका छन् ।

’नेपाली कांग्रेसका नेता एवं नेपाली राजनीतिका बैचारिक र समाजवादी चिन्तक मेरा मित्र प्रदीप गिरीजीको निधनको खवरले निकै स्तव्ध भएको छु,’ देउवाले भनेका छन, ‘उहाँको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको छ । उहाँको आत्माको चीरशान्तिको कामना गर्दै यस दुःखद घडीमा परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु ।’

प्रतिनिधिसभा सदस्य समेत रहेका गिरीको उपचारका क्रममा गए राति ९ः३० मा मेडिसिटी अस्पतालमा निधन भएको थियो ।

 
 
  
 

You may also like