मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको सभापतिमा : भट्टराई,उपसभापतिमा ज्ञवाली

by समतल अनलाइन

बुटवल। मानव अधिकार तथा शान्ति समाज रुपन्देहीमा नयाँ नेतृत्व चयन भएको छ । बुटवलमा भएको जिल्ला शाखाको २३ औ साधारणसभाले खिमप्रसाद भट्टराइ (कृष्ण)को अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसहमत निर्वाचित गरेको हो । उपसभापतिमा कपिल ज्ञवाली,सचिवमा कृष्ण पाण्डे , सहसचिवमा फुलु सुनार र कोषाध्यक्ष लिलाधर लुईटेल चयन हुनुभएको छ ।

त्यस्तै अर्जुन कुवर,अर्जुन ज्ञवाली,कृष्ण भण्डारी,मोहनीलाल न्यौपाने,रत्ना कडेंल,केशवराज पाण्डे,सिता पौडेल,नन्दु थापा रहेका छन् । बांकी १ महिला सदस्य कार्यसमितिको पहिलो बैठकले नियुक्त गर्नेछ ।

नयां नेतृत्वको कार्यकाल २ बर्षको हुनेछ । साधारणसभाको लुम्बिनी प्रदेश सरकारका पर्यटन ग्रामिण तथा शहरी बिकास मन्त्री डिल्लीबहादुर चौधरीले उद्घाटन गर्दै शान्तिपूर्ण आन्दोलनले सार्थक रुप लिने बताउनुभएको छ । सो अबसरमा शान्ति समाजका केन्द्रिय सभापति गोबिन्द खनालले समाजले परिवर्तनको अभियानको नेतृत्व गरेको बताउनुभयो ।

 
 
  
 

You may also like