ओली र प्रचण्डले देश कब्जा गर्न खोजे ः प्रदीप पौडेल

by समतल अनलाइन

‘उपचुनावले सरकार र कांग्रेसको हैसियत देखिन्छ’
कपिल ज्ञवाली
बुटवल । नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदीप पौडेलले नेतृत्व नालायक हुदा देश झन् पछाडी धकेलिएको आरोप लगाएका छन् ।
उनले केपी ओली र प्रचण्डले देश कब्जा गर्न खोजेको दाबि गरे । नकेपाले हरेक क्षेत्रमा राजनीतिक हस्तक्षेप गरेको भन्दै उनले भने —‘अदालत,प्रसासन,प्रहरीमा राजनीतिकरण गरिएको छ ,मानवअधिकार,अभिब्यक्ति स्वतन्त्रतामाथि धर्म संस्कृतिमाथिको हस्तक्षेप अस्वीकार्य छ ।’
बुटवलमा आज बिहान रिपोर्टर्स क्लव नेपाल प्रदेश ५ द्वारा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै युवा नेता पौडेलले नकपाले गरिरहेको सत्ता कब्जाको बिरुद्धमा शशक्त रुपमा लड्नुपर्ने बताए ।

हरेक क्षेत्रमा एकाधिकार बढाउने कोशिश गरिएको भन्दै उनले सरकारले राजनीतिप्रति बितृष्णा पैदा गर्ने,कानुन उल्लंघन गर्ने,सत्ताको आडमा अराजकता मच्चाउने कामको कांग्रेसले बिरोध गर्ने बताए । दुइतिहाइको कम्युनिष्ट सरकारको २२ महिना बितेपनि सरकारले जनअपेक्षा पूरा गर्न नसकेको उनको दाबि छ ।

‘नेपालमा ब्यबसायीक बाताबरण बन्नुको पछाडी प्रतिपक्षको भूमिका छ,हामीले सडकमा टायर बालेका छैनौं,संयम भएका छौं ।’
‘सरकारले हिजोभन्दा बढि हस्तक्षेप,गीतकार,गायक भिटेन,दुर्गेश,पशुपतिमाथि प्रतिबन्ध,सिर्जनामाथि पनि हस्तक्षेप,अभिब्यक्ति स्वतन्त्रतामाथि दमन किन गरिरहेको छ यो संबिधान बिपरित हो ।’पौडेलले भने ।

काग्रेस भएसम्म अभिब्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप सम्भब नभएको दाबि गर्दै नेता पौडेलले ,लोकतान्त्रिक मुल्य मान्यता र थिती बसाल्न ,संस्कार र संस्कृतिको जगेर्ना गर्न कांग्रेसबाट मात्रै सम्भब हुने उनको भनाइ छ ।
सी बिचार आयात गरेर छिमेकी खुसी हुन्नन् ः

भर्खरै चिनीया राष्ट्रपतिको नेपाल भ्रमण सकिएको र त्यसपछि सत्ताधारी नेकपाले सी बिचार नै आयात गर्न खोजेको उनको आरोप छ ।
‘मौलिकता फेरेर कसैको चाकडी नगरौं , सी बिचार नै आयात गरेर कुनैपनि छिमेकी खुसी हुदैनन् उनीसंग नजिक भइदैन,चीनले बिना स्वार्थ नेपालमा लगानी गर्दैन ।’पौडेलले भने ।

देशमा हस्तक्षेप बढाउने गरि कसैले कोहिसंग सहमति गर्न नहुनेमा उनको जोड छ । भारत र चीनसंग राम्रो सम्बन्ध बनाउनुपर्ने तर त्यसअघि नेपालका दलसंग छलफल गरेर राजनैतिक सहमति बनाउनुपर्ने उनको भनाइ थियो ।
मध्यावधि मुल्यांकन जस्तै यो पटकको उपचुनाव ः

पौडेलले यो सरकारलाइ सच्चाउनका लागि पनि उपनिर्बाचनमा कांग्रेसलाइ भोट दिने दाबि गरे । मध्यावधि मुल्यांकन जस्तै यो पटकको उपचुनाव हुने उनको ठहर छ । सरकारको कामको मुल्यांकन,कांग्रेसको हिसाबकिताब यहि उपचुनाबले गर्ने पौडेलको भनाइ छ ।
फौजदारी अभियोग लागेका सांसदको निश्पक्ष अनुसन्धानमा कांग्रेसको सहयोग गर्ने उनले बताए । ‘राजनैतिक पूर्वाग्रह साधिंएको छ ,घटनामाथि निश्पक्ष छानबिन होस् ।’ उनले भने । कोहि अपराधि,कोहि भ्रष्टाचारी,कोहि बलात्कार भएपनि जोगिने ?अरुलाइ मात्रै कानुन लाग्ने उनको प्रश्न छ ।

कांग्रेसका युवा नेता पौडेलले कांग्रेसको नेतृत्व परिबर्तनको जरुरी रहेको बताए । पार्टीले प्राथमिकता,बिचार बदल्न जरुरी रहेको भन्दै उनले नेतृत्व परिबर्तन आजको आबश्यकता भएको दोहोर्याए । अहिलेको चुनौतीको बोझ हटाउनुपर्नेछ, कांग्रेसले आशा सञ्चार गर्न सक्नुपर्दछ,दुइतिहाइले केहि गर्न सकेनन्,कांग्रेसले गर्न सक्नुपर्छ,उनको भनाइ छ । अबको चुनाब जित्नका लागि कांग्रेसको बदलिएर आउनुपर्ने भन्दै उनले ३३ प्रतिशत कांग्रेस , ४८ प्रतिशतको नेकपासंग लड्न सक्नुपर्ने बताए ।

पौडेलले भने —‘कांग्रेस अब ब्लु प्रिन्टका साथम आउनुपर्छ ,२५ लाख भोट थप्नुपर्छ ,मुद्धागत प्रतिस्प्रर्धामा राजनीति गर्नुपर्छ’
अबको उपचुनाबमा जित्नेलाइ टीकट दिनुपर्ने भन्द्रै उनले पार्टीभित्र गुट उपगुट हेरेर होइन,अब हिजोको गल्ती दोहोर्याउनु हुदैन । उनले भने ।
कार्यक्रम रामकुमार क्षेत्रीको अध्यक्षता तथा कपिल ज्ञवालीको संचालनमा भएको थियो ।

 
 
  
 

You may also like