पत्रकार भुसाल टान पत्रकारिता पुरस्कार २०२२ बाट सम्मानित

by समतल अनलाइन

काठमाडौं।पत्रकार टी.पी. भुसाल ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) ले प्रदान गर्ने ‘टान पत्रकारिता पुरस्कार २०२२’ बाट सम्मानित भएका छन् । पत्रकारितामार्फत पर्यटन क्षेत्रको प्रवद्र्धनमा टेवा पु-याएको भन्दै टानले भुसाललाई उक्त अवार्डबाट सम्मान गरेको हो ।

काठमाण्डौंमा आयोजित टानको ४२ औं,४३ औं र ४४ औं वार्षिक साधारणसभाको अवसरमा संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री जीवनराम श्रेष्ठले पत्रकार भुसाललाई उक्त अर्वाड प्रदान गर्नु भएको थियो ।

नेपाली रेडियो नेटवर्क मार्फत भुसालले खासगरी कोभिड–१९ पछि नेपाली पर्यटन क्षेत्रले भोग्नु परेका विविध समस्या तथा पर्यटनका अन्य विषयमा सरोकारवालासँग निरन्तर सम्वाद गर्दै आएका थिए । नेपाल पर्यटन बोर्डका सञ्चार परामर्शदाता तथा विभिन्न कलेजमा प्राध्यापन समेत गर्दै आएका भुसालले नेपालको समग्र पर्यटन उद्योग तथा पर्यटन क्षेत्रको नीतिगत विषयमा निरन्तर कलम चलाउँदै आएका छन् ।

टानको वार्षिक उत्सवको अवसरमा भुसाल सहित नेपाल टेलिभिजनका आर्थिक ब्युरो चिफ प्रदीप चापागाईं, न्युज एजेन्सी नेपालका प्रवन्ध निर्देशक सविन धमला, क्यापिटल नेपाल डटकम र क्यापिटल बिजनेस म्यागजिनका संवाददाता सुवास योञ्जन, राष्ट्रिय समाचार समितिका सम्वाददाता अच्युत रेग्मी,कर्पोरेट नेपालका संवाददाता फुर्पा शेर्पा लगायतका सञ्चारकर्मीलाई सम्मान गरिएको थियो ।

 
 
  
 

You may also like