स्वदेशमै उत्पादित जनै धागोप्रति आकर्षण बढ्दो, रोकियो करोडौंको आयात

by समतल अनलाइन

हरिश ढकाल
बुटवल। आधुनिकता र पश्चिमा शैलीको अनुसरण गर्दै अगाडी बढिरहेको हाम्रो समाजमा बैदिक जनै र शास्त्रिय धागो बेचेर पनि लाखौं कमाउन सकिन्छ भन्ने उदाहरण बनेका छन् बुटवलका बुद्धिप्रसाद शर्मा । बैदिक जनै, रक्षाबन्धन, लाखबत्ती, अनन्त बन्धन लगाएतका सामाग्री उत्पादन गरेर नेपाल र बिदेशमा समेत बजार प्रबद्र्धन गर्न सफल शर्माले बार्षिक २० लाखदेखि ३० लाखसम्म आम्दानी हुने गरेका उनि बताउछन् ।

बिसं २०५७ सालदेखि बैदिक जनै र शास्त्रिय धागो उत्पादन गर्न थालेका शर्माले बार्षिक करिब १ करोडको जनै धागोको कारोबार हुने नेपालमा ८० प्रतिशत बजार भाग आफुले स्थापना गरेको राधा जनैधागो उद्योगले ओगट्न सफल भएको बताउछन् । शर्माका अनुसार बिगतमा भारतबाट आयात हुने करोडौं रुपैयाँको जनै धागोलाई बिस्थापित गरि नेपाली जनै धागो उत्पादनमा आत्मनिर्भर बन्ने उद्देश्यका साथ बुटवल ४ स्थित राम मन्दिरलाईमा राधा धागो उद्योग स्थापना भएको हो ।

भारतबाट आउने जनै र रक्षाबन्धनका साथै नेपाली बजारमा समेत उत्पादन गरिने कतिपय नक्कली जनै र रक्षाबन्धनलाई समेत बिस्थापन गर्ने उद्देश्यले बुटवलमा शास्त्रिय र बैदिक जनै धागो उद्योग स्थापना गरिएको शर्माको भनाई छ। यसबाट स्वदेशमै पवित्र जनै धागो उत्पादन हुने, रोजगारीको अवसर समेत सिर्जना हुने भएकोले आफु अग्रसर भएको बताउदै शर्माले हाल ४० जनालाई पुर्णकालिन र झण्डै ४ सय जनालाई अल्पकालिन रोजगारी प्रदान गर्न सफल भएको बताउछन् ।

शर्मा भन्छन‘बिगतमा बर्षेनी करोडौं रुपैयाँको जनै, रक्षाबन्धन लगाएतका धागोजन्य सामाग्रीहरु भारतबाट आयात हुने गरेकोमा हाल बुटवलमा उत्पादित बैदिक जनै तथा पवित्र धागोहरु नेपालका अधिकांश स्थानमा पुगेका छन। स्वदेशमै बिधिवत बैद्धिक एवं शास्त्रिय जनै उत्पादन हुन थालेपछि एकातर्फ बर्षेनी भारत जाने करोडौं रुपैयाँ नेपालमै रोकिएको छ भने यसरी बनाइएको जनै तथा रक्षाबन्धन मिसावट रहित र पवित्र पनि हुन्छ ।’
शर्माका अनुसार नेपालमै उत्पादन गरेर पुर्व मेचीदेखि पश्चिम महाकालीसम्म जनै, रक्षाबन्धन, लक्षबत्र्ती र अन्य पवित्र धागोहरु आपुर्ती गर्ने गरिएको छ ।

करिब ३० लाख रुपैयाँको लगानीमा स्थापना गरिएको राधा धागो उद्योगले यसबर्ष जनै पुर्णिमाको अवसरमा २० लाख भन्दा बढिको जनै, रक्षाबन्धन लगाएतका शास्त्रिय र बैदिक सामाग्री उत्पादन गरि बिक्रि बितरण गरेको छ। कोभिड संक्रमण र महामारीका कारण जनै धागो ब्यबसाय पनि प्रभावित भएकोले गतबर्ष भन्दा यो बर्ष कारोबार कम भएको शर्माको भनाई छ। बिसं २०७६ मा ३० लाखको कारोबार भएकोमा ०७७ मा २६ लाख र ०७८ मा जम्मा २० लाख बराबरको कारोबार भएको शर्माले जानकारी गराए ।

सो उद्योगले जनै उत्पादनमा आत्मनिर्भर बनाउनुका साथै भारतीय जनैको आयात कम गर्न ठूलो सहयोग गरेको स्थानीय जनै धागो व्यापारी नुरु प्रसाद पाण्डे वताउछन् । पाण्डे भन्छन् पहिले जनै तथा रक्षाबन्धन लगाएतका पुजा सामाग्रीका रुपमा प्रयोग हुने धागोहरु भारतबाट आउने गर्दथ्यो । अहिले झण्डै ८० देखि ९० प्रतिशत बजार नेपाली उत्पादनले नै धानेको छ ।
जनै, सप्तऋषिलाई तर्पण दिई प्रत्येक डोरामा हुने नौ सराका तन्तुदेवताहरु र शिखामा ब्रह्मा, विष्णु, महेश्वर र जगत्जननीको पूजा गरी गायत्री मन्त्रद्वारा मन्त्रित गरिने शास्त्रीय र वैद्धिक जनैका सम्पादनकर्ता समेत रहेका शर्माले बताए । पछिल्लो समय नक्कली जनैको बिगबिगीले बजारमा असर परेको भन्दै बुटवल, भैरहवा, पाल्पा, गुल्मी, अर्धाखाँची लगायत नेपालका बिभिन्न भागमा आफ्नो उद्योगले बैद्धिक उत्पादन पठाउने गरेको अर्का ब्यबसायी झन्कार पाण्डे बताउछन् ।

हाल पुर्व मेचीदेखि पश्चिम महाकालीसम्म मात्र नभै भारत, बंगलादेश, अमेरिका, जर्मन लगाएतका देशमा समेत राधा जनैधागो उद्योगमा उत्पादित सामाग्रीहरु पुग्ने गरेको पाण्डेको भनाई छ । भारतबाट नेपालमा आयात हुने जनैधागो लगाएतका पुजा सामाग्रीहरु समेत उत्पादन गरि नेपाललाई बैदिक जनै, शास्त्रिय रक्षाबन्धन, लक्षबत्र्ती लगाएतका बिभिन्न पुजा सामाग्रीमा समेत आत्मनिर्भर बनाउने लक्ष रहेको पाण्डे बताउछन् ।

 
 
  
 

You may also like