अक्सफोर्ड माविद्वारा कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत

by समतल अनलाइन

बुटवल । अक्सफोर्ड मावि बुटवलले कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत गरेको छ । विद्यालयले बिहीबा एक समारोहकाबीच एसईई –२०७८ उत्तिर्ण गरी कक्षा ११ मा आफ्नो विद्यालयमा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गरेको हो ।

संस्थाका अध्यक्ष दुर्गादत्त भण्डारीको अध्यक्षतामा भएको पहिलो सत्रका प्रमुख अतिथि जिल्ला शिक्षा समन्वय एकाइका प्रमुख दिपेन्द्र ढकालले बोल्दै अन्तराष्ट्रिय स्कूल अवार्डबाट सम्मानित अक्सफोर्ड विद्यालयले युगानुकुल शिक्षा प्रदान गरेको बताउँदै खुशी व्यक्त गरे ।

राष्ट्रिय परीक्षा वोर्ड शाखा अधिकृत बावुराम भण्डारी, पक्लिहवा कृषि क्याम्पसका सह– प्राध्यापक डा.मुक्ति पौडेल,अक्सफोर्ड कलेजका क्याम्पस प्रमुख मनोज मरासिनी, विद्यार्थी अभिभावक संघका केन्द्रिय सदस्य लोकनाथ ज्ञवाली लगाएतले बोल्दै शैक्षिक क्षेत्रमा अक्सफोर्ड अब्बल रहेको बताए ।

विद्यालयका प्राचार्य दिनेश भुसालले विद्यालय राष्ट्रिय स्तरमै उत्कृष्ट रहेको कुरा प्राप्त नतिजाहरूले प्रमाणित गरेको बताए । उनले ंसंस्थाले हासिल गरेका नतिजालाई निरन्तर रूपमा प्राप्त गरिराख्न प्रतिबद्ध रहेको बताउँदै सबैको सहकार्य आवश्यक रहेको जनाए ।

कार्यक्रममा विद्यालयका सहायक प्राचार्य सुमन भुसालले स्वागत मन्तव्य राख्दै विद्यार्थीको अपेक्षाअनुसार शिक्षा दिन अक्सफोर्ड सदैव सक्षम रहेको र विद्यार्थीको आशा भरोसा विश्वास सदैव कायम राख्ने विश्वास दिलाए ।

सो अवसरमा विहानी संकाय प्रमुख विरबहादुर क्षेत्रीले विद्यालयका नीति, नियम, र अनुशासनका विविध पक्षमा प्रकास पारे । विद्यार्थीहरुको तर्फबाट अमृत छात्र अमृत पाण्डे र कक्षा ११ का विद्यार्थीहरुको प्रतिनिधित्व गर्दै छात्र रोजन पाण्डेले आफ्नो धारणा राखेका थिए ।
यसैबिच तिलोत्तमास्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा सम्पन्न स्वागत समारोहमा अक्सफोर्ड माविमा कक्षा ११ मा सर्वोत्कृष्ट नतिजा प्राप्त गर्ने छात्र छात्राहरुलाई नगद पुरस्कार प्रदान गरिएको थियो । त्यसैगरि उत्कृष्ट भिडियो प्रदर्शनीका विजेताहरुलाई पनि नगद पुरस्कारवाट सम्मान गरिएको थियो ।

कार्यक्रमको दोश्रो सत्र भने विविध सांस्कृतिक कार्यक्रम गरि सम्पन्न गरिएको थियो । उक्त सांस्कृतिक कार्यक्रममा स्थानीय कलाकारका साथै राष्ट्रिय कलाकार नेपाल आइडल फाइनिष्ट पाश्व गायक प्रतापदास र स्टाइण्डिङ कमेडियन सिता न्यौपानेको प्रस्तुती रहेको थियो भने तेक्वान्दो खेलको डेमो प्रदर्शन समेत गरिएको थियो ।

 
 
  
 

You may also like