एक्सपर्टद्वारा छात्रवृत्ति प्रदान, पत्रकार मिना ढकाल २१ हजार नगद सहित सम्मानित

बुटवल।एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले आफ्नो १९ औं बार्षिक उत्सव भव्य रुपमा सम्पन्न गरेको छ । सो अवशरमा १० जना विद्यार्थीहरुलाई छात्रबृत्ति तथा एकजना पत्रकारलाई नगद सहित सम्मान समेत गरेको छ ।

बुटवल, भैरहवा र सुनवल शाखाहरुले रुपन्देहीको देवदहमा रहेको सरस्वती आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सर्भिसेजको बार्षिक उत्सवको अवसरमा बार्षिक रुपमा लाग्ने सम्पुर्ण खर्च सहित छात्रबृत्ति प्रदान गरिएको एक्सपर्ट फाउण्डेसन नेपालका अध्यक्ष रोशन कंडेलले बताए ।

कडेलले एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस स्थापना दिवसको अवसरमा पत्रकारिता क्षेत्रबाट शिक्षा क्षेत्रमा कलम चलाउने एक जना पत्रकारलाई हरेक वर्ष सम्मान समेत गरिने बताउदै गरिव, असहाय, विपन्न समुदायका प्रि नर्सरी देखि ८ कक्षा सम्मका बालबालिकालाई छात्रबृत्ति प्रदान गरिएको बताए ।
कोभिडको समयमा पत्रकारिता क्षेत्रबाट शिक्षा क्षेत्रमा कलम चलाएको भन्दै एक्सपर्ट शिक्षा पत्रकारिता पुरस्कार–२०२२ बाट पत्रकार मिना भट्टराई ९ढकाल०लाई नगद सहित सम्मान गरेको छ । ढकाल विगत लामो समयदेखि बुटवलबाट सगरमाथा टेलिभिजनको संवाददाता तथा बुटवल टुडे राष्ट्रिय दैनिकमा कार्यरत छन् ।

यसरी छात्रबृत्ति पाउने विद्यार्थीहरुमा बर्षा थापा, बर्षा राना, एन्जील लिम्बु, सोलुम श्रीस, ताल कुमारी थापा, अनिसा थापा, आयुष क्षेत्री, पुजा भुजेल, दिप्सन थापा र नम्सा राना रहेका छन् ।

छात्रबृत्ति वितरण कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य खोम बहादुर सारुले अति गरिव र विपन्न परिबारका बालबालिकालाई एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले छात्रबृत्ति दिएकोमा धन्यवाद ज्ञापन गरे । देवदह नगरपालिका वडा नं। ६ केउली स्थित उक्त विद्यालयमा ९० जना विद्यार्थी रहेका छन् । अहिले पनि धेरै विद्यार्थीहरु आर्थिक अभावका कारण विद्यालयमा आउन नसकेको भन्दै यस्तै सामाजिक कार्य गर्ने संस्थाको सहयोगले घरमै रहेका विद्यार्थीहरुलाई विद्यालय सम्म ल्याउन मद्दत मिलेको बताए ।

संस्थाले वार्षिक उत्सवका अवशरमा विभिन्न विद्याबाट आप्mना कर्मचारीहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ । बुटवल शाखाबाट रोशनी भण्डारी र संयुक्ता कडेल, भैरहवाबाट हिना बानु र विन्दु भुसाल, सुनवल शाखाबाट स्वाति थापा, अर्जुन न्यौपाने लगाएत रहेका छन् ।

सो अवशरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विना कुमाल, काशिराज गौतम लगाएतले बोल्दै शिक्षा क्षेत्रमा एक्सपोर्टले गरेको काम प्रशंसनिय भएको बताउदै आउदा दिनहरुमा पनि यस्ता सामाजिक क्षेत्रमा सहयोग पुराउन आग्रह गरेका थिए ।

नेपालका प्रमुख १६ शहरहरु समेत विश्वका १३ देशका ४५ भन्दा बढी शहरहरुमा शाखाहरु संचालनमा रहेको एक्सपर्टले वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई विगत दुई दशक देखि आधिकारीक र विश्वसनिय परामर्श प्रदान गर्दै आएको छ ।

 
 
  
 

You may also like