बुटवलमा बालबालिकालाई दोस्रो डोज कोभिड विरुद्धको खोप लगाउन शुरु

बुटवल । बुटवल उपमहानगरपालिकाभित्र बालबालिका लक्षित कोभिड १९ विरुद्धको दोश्रो मात्रा खोप शुरु भएको छ ।

५ वर्ष उमेर पूरा भई १२ वर्ष नपुगेका उमेर समूहका बालबालिकालाई कोभिड १९ विरुद्धको फाइजर खोपको दोश्रो मात्रा लगाउन शुरु भएको बुटवल उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार आइतबारदेखि बुटवलका १०३ वटा विद्यालयमा खोप कार्यक्रम सञ्चालन भएको छ ।
‘बुटवलका सामुदायिक र संस्थागत विद्यालयहरुमा बुटवल उपमहानगरपालिकाको स्वास्थ्यकर्मीहरुको टोली खटिएर बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म खोप कार्यक्रम सञ्चालन भइरहेको छ, उहाँले भन्नुभयो–यी विद्यालयहरुमा यसअघि खोप लगाएका बालबालिकाहरुलाई दोश्रो मात्रा र पहिलो खोप लगाउन छुट भएका बालबालिकाहरुलाई पहिलो मात्रा खोप दिइनेछ ।’

बुटवल उपमहानगरपालिकाका खोप संयोजक कल्पना भुसालका अनुसार साउन २२ गते आइतबारदेखि साउन ३१ गते मंगलबारसम्म खोप अभियान सञ्चालन हुनेछ ।
उहाँले खोप कार्यक्रमकालागि सम्बन्धितविद्यालयहरुलाई पूर्वजानकारी दिइसकेको र सोहीअनुसार खोप अभियान सञ्चालनभएको बताउनुभयो ।

 
 
  
 

You may also like