“मदिरा ब्यबसायलाइ मर्यादित बनाउदै स्वच्छ प्रतीस्पर्धामा जोड ”

बुटवल । रुपन्देहीमा मदिरा ब्यबसायलाइ मर्यादित बनाउदै स्वच्छ प्रतीस्पर्र्धा र ब्यबसायीक एकरुपतामा जोड दिनुपर्ने एक कार्यक्रमका बक्ताहरुले औल्याएका छन । मदिरा ब्यबसायी सघं रुपन्देहीले तिलोत्तमा मणिग्राममा शनिबार आयोजना गरेको बितरक , कम्पनी प्रतिनिधी र मदिरा ब्यबसायी सघं रुपन्देहीबिच गरिएको अन्र्तरक्रिया तथा छलफल कार्यक्रमका बक्ताहरुले सो कुरामा जोड दिएका हुन ।

उनीहरुले मदिरा ब्यबसायी चुनौतीको पेशा बन्दै गइरहेको परिपेक्ष्यमा अनाबश्यक प्रतीस्पर्धा नगरी एक अर्काको परिपुरक बनेर अगाडी बढ्नुको बिकल्प नरहेको बताएका छन । पछिल्लो सयम भारतबाट अबैध ढङगले मदिरा आयात भइरहेको भन्दै प्रशासनले त्यसतर्फ चासो दिनुपर्ने समेत बताए ।

कार्यक्रममा बोल्दै मदिरा ब्यबसायी सघं रुपन्देहीका पुर्व अध्यक्षहरु कृष्णप्रसाद नेपाल, खिमबहादुर खत्री, अशोक श्रेष्ठ, शम्भु भटराइ, सल्लहाकार दिनेशप्रसाद श्रेष्ठ लगायतले बोल्दै ब्यबसायीहरुमै पनी समस्या रहेको बताउदै बितरक, ब्यबसायी र कम्पनी प्रतीनिधीबिच एकआपसमा स्वच्छ प्रतीस्पर्धाको भावना बिकास हुनुपर्नेमा बिशेष जोड दिएका थिए ।
राज्यले मदिरा ब्यबसायीहरुलाइ हेर्ने नजर फरक रहेको भन्दै घरेलु मदिराको बजार बढ्दै गइरहेकोतर्फ प्रशासन बेखबर रहेको गुनासो समेत गरेका थिए ।

उनीहरुले राज्यलाइ अरबौ कर तिर्ने मदिरा ब्यबसायीलाइ सधै मारमा पार्ने गरेको भन्दै रोष प्रकट गरेका थिए । सोही कार्यक्रममा कम्पनी प्रतीनिधी तथा ब्यबसायीहरु प्रितम गिरी, जिबन घिमिरे, हिमाल भुषाल, बाबुराम ज्ञवाली, यज्ञ पोख्रेल, अभिनाश श्रेष्ठ लगायतले देशमा गहिरीदो आर्थीक संकटका कारण ब्यबसायी धरासायी हुने अबस्थामा पुगेकाले संयमीत भएर ब्यबसाय अगाडी बढाउनुपर्ने बताए । लिकेज,ब्रिकेजको समस्या कम्पनीले समाधान गर्नुपर्नेमा ब्यबसायीले जोड दिएका थिए भने कम्पनी प्रतीनिधीहरुले ब्यबसायीहरु पहिला आफुहरु नै एकितृत भएर अगाडी बढ्न सुझाएका थिए ।

सोही कार्यक्रममा मदिरा ब्यबसायी सघं रुपन्देहीका अध्यक्ष कृष्ण गौतमले जिल्लामा मदिरा ब्यबसायी सघं रुपन्देही रहेको र जिल्लाका सबै ब्यबसायी यही संस्थामा आवद्ध भए ब्यबसायीको आवाज बुलन्द पार्न सकिने बताए । उनले भैरहवामा रहेका ब्यबसायीहरुलाइ पनी जिल्लामै गाम्भे गरी तयारी रहेको र सबैले हातेमालो गरेर अगाडी बढ्नुको बिकल्प नरहेकोमा जोड दिए । अध्यक्ष गौतमको अध्यक्षता र महासचिब किशोर पन्थिको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ,

 
 
  
 

You may also like