झोले चिकित्सकका कारण आयुर्बेद उपेक्षामा

बुटवल। नेपाल आयुर्वेद औषधी ब्यवसायी संघको दोस्रो साधारण सभा तथा अधिवेसन सम्पन्न भएको छ । अधिवेसनको बुटवल उपमहानगरपालिका नगरप्रमुख खेलराज पाण्डेले उद्घाटन गर्दै नेपालमा आयुर्वेदिकबाट आर्थिक समृद्धि सम्भावना रहेको बताए । आयुर्वेदको जनशक्ति र दक्षता अभिवृद्धिका साथै जडिबुटीलाई स्वदेशमा नै प्रशोधनको गर्नुपर्ने उनको सुझाव छ । परम्परागत ढंगबाटमात्र नभई आधुनिक प्रविधिसंग यसलाई जाडेर लैजानुपर्ने उनले बताए ।

कार्यक्रममा नेपाल आयुर्वेद औषधी ब्यवसायी संघ, रुपन्देहीका अध्यक्ष दिपक कुमार धितालले ब्यवसायीहरु एकत्रित हुँदै ब्यवसायिक हकहितमा काम गर्ने लक्ष्य बोकेको बताए । आर्युवेदिक पेशालाई मर्यादित बनाउन जरुरी रहेको भन्दै उनले स्थानिय पालिकाबाट स्थान उपलब्ध गराएको खण्डमा निशुल्क स्वस्थ्य शिविर, रक्त प्रयोगशाला, सहुलियत दरमा औषधि उपलब्ध गराउनेसम्मको कार्य गर्ने तयारी आफुहरुको रहेको बताए । विश्वकै सबैभन्दा पुरानो र ऋषिमुनिहरुबाट शुरु गरिएको उपचार विधि हो । यो तत्कालिन बेला पनि ८ भागमा विशेषज्ञ रुपमा बाडिएको उनले दाबी गरे । सर्वश्रेष्ठ उपचार विधिका रुपमा यो मानव उपचारको विधि भएको उनले दाबी गरे । आयुर्वेदिक विज्ञबिना सेवा र औषधिवितरण गरिदा यसको महत्व घटेको उनले दुखेसो गरे । आर्युवेदिक औषधिको विषयमा गरिएका सस्तो प्रचारभन्दा पनि यसको गुणस्तरमा उपभोक्ता, औषधि उत्पादक र सरकार गरि ३ पक्ष नै सजग हुनुपर्ने बताए । आयुर्वेद मन्त्रालय स्थापना गरेर नेपाली औषधि र उपचार विधिको विकास गर्न सकिने सम्भावना रहेको उनले दाबी गरे ।

कार्यक्रममा लुम्बिनी प्रदेश स्वस्थ्य मन्त्रालयका कन्सल्ट्यान्ट शालाक्य चिकित्सक (प्रवक्ता एवम् सूचना अधिकारी) पुष्पराज पौडेलले कोभिड १९ संक्रमण आयुर्वेद पद्यती एउटा अवसरका रुपमा देखिएको बताए । पछिल्लोसमय ६० प्रतिशत नसर्ने रोगका बिरामीहरुको संख्या बढ्दा यो ठूलो समस्याका रुपमा देखापर्दै आएको उनले बताए । आयुर्वेदले उपचारमात्र नभई स्वस्थ्य जिवनशैलीलाई जोड दिने उनले दाबी गरे । वडास्तरमा नागरिकको पहुचमा पुग्ने गरि आरोग्य उपचारलाई लग्दै गएको उनले बताए । आयुर्वेदको सहि उपचार पद्धति आम नागरिकको पहुचमा पुग्न नसकेको भन्दै यो क्षेत्रमा लागेकाहरु नैतिकता र मानवतामा रहनुपर्ने सुझाव दिए ।

प्राचिनकालदेखि आफ्नो र समुदाय, राष्ट्रप्रति समर्पित भएर परम्परा पद्धति आयुर्वेदीक पद्धति हो । बिस २०५९ सालमा उद्घव पौडेलको अधयक्षतामा स्थापना भएको हो । स्थापनाको लामोसमयमा पनि संस्थागत रुपमा गति लिनन नसकेको बेला पछिल्लो ३ वर्षअघि पुनः यो संस्थालाई थप नया रुपमा अघि बढाएको उनले बताए । कोभिड १९ संक्रमणकै कारण थप कठिनाई भोगेको संस्था अब भने ब्यवसायिक र सामाजिक कार्यमा अघि बढ्ने बताए ।
नेपाल औषधि उत्पादक संघ केन्द्रका अध्यक्ष चन्दकान्त खनालले औषधीमा भ्याट नलाग्ने बताए। यसलाई प्रोत्साहन गर्न सुझाव दिए । यसको निगरानी र ल्याब टेष्ट नियमित हुने भएकाले पनि नेपाली औषधी गुणस्तरिय हुने बताए । लुम्बिनी हबका रुपमा विकास भैरहेको उनले दाबी गरे । यो सबैभन्दा पुरानो र भरपर्दो उपचार विधि हो । संघका केन्द्रीय अध्यक्ष जगनाथ गिरि, संस्थाका संस्थापक अध्यक्ष उद्दव गौतम, नेपाल औषधी ब्यवसायी संघ लुम्बिनी प्रदेशका अध्यक्ष शिव ज्ञवाली, रुपन्देहीका अध्यक्ष सुरज भट्टराईले आयुर्वेद सम्बन्धित नितिगत रुपमा नै कमजोरीहरु रहेको भन्दै आयुर्वेदलाई सरकारले पहिलो प्राथमिकतामा राख्नुपर्ने सुझाव दिए ।

करीब ३१ जनाबाट शुरु भएर संस्थामा अहिले ५५ जना आवद्ध रहेका छन । नेपालमा पाईने जडिबुटीहरुको अध्ययन, अनुसन्धान गरि उपयोगमा ल्याउने गरि सरकारले काम अघि बढाउनेपर्ने सुझाव दिए । आयुर्वेदिक औषधि करिब ६० प्रतिशत नेपालमा उत्पादन हुँदै आएको छ ।

 
 
  
 

You may also like