इनरह्व्लि क्लवअफ बुटवलद्धारा वृक्षारोपण

बुटवल।इनरह्व्लि क्लव अफ बुटवलद्धारा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । “बोटविरुवा रापौँ वातावरण स्वच्छ , सफा र स्वस्थ्य बनौँ ” भन्ने मूल उद्देश्यले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा क्लवले रोटरी क्लव अफ बुटवल र इनरह्व्लि क्लव अफ बुटवलको परिसरमा विभिन्न जातका बोटविरुवा रोपी जलसिचन समेत गरेको छ ।

वृक्षारोपण कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि क्लवका पूर्व अध्यक्ष बबिता श्रेष्ठले वृक्षारोपण गर्नु मात्र ठूलो कुरा नभएर बोटविरुवा रोपेपछि त्यसको संरक्षण र संवद्र्धन गर्नु नै महव्वपूर्ण पक्ष भएको बताउनु भयो । आज क्लवको परिसर भित्र वृक्षारोपण गरियो अब त्यसको दैनिक स्याहार संम्भार गर्नु हामी सबैको दायिव्व भएको हुदाँ क्लवका सम्पूर्ण पदाधिकारीहरुलाई आफूले रोपेका बोटविरुवाको हेरचाह गर्न आग्रह गर्नु भयो ।

कार्यक्रममा क्लवका अध्यक्ष यमुना श्रेष्ठले वृक्षारोपण गर्नु वातावरण हराभरा पार्नु मात्र नभएर स्वास्थ जीवन जिउनका लागि पनि वृक्षारोपण गर्न आवश्यक रहेको बताउदै बोटविरुवाले मानव शरीरले हरपल लिने अक्सिजन प्राप्त गर्न संहयोग गर्ने हुदाँ वृक्षारोपण गर्नु राम्रो कार्य भएको बताउनु भयो ।

त्यसैले पनि हरेक नागरिकहरुले आफनो घर वरपर रहेको खाली ठाउँमा पनि वृक्षारोपण गर्न सकियो भने मानव स्वाथ्यका लागि आवश्यक पर्ने अक्सिजन सहजै प्राप्त हुने हुदाँ वृक्षारोपण गर्न आग्रह गर्नु भयो । कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष बसुन्धरा कसजू र क्लवका पूर्व अध्यक्ष मुना जोशीले शुभकामना मन्तव्य दिदै इनरहिव्ल क्लव अफ बुटवलले क्लवको आफनै बगैचामा विभिन्न जातका फूलहरु धुपी र अन्य बोटविरुवाहरु रोप्न पाउँदा खुसी व्यक्त गदै बोटविरुवाहरुको दैनिक हेरचाह गरे वातावरण रमणीय र सुन्दर हुने हुदाँ क्लवका सम्पूर्ण सदस्यहरुले यसको संरक्षण गर्ने समेत बताउनु भयो ।

कार्यक्रममा कार्यक्रमका संयोजक आइ . डब्लु अम्विका लम्सालको स्वागतमा भएको कार्यक्रममा क्लवका अध्यक्ष यमुना श्रेष्ठको अध्यक्षता, क्लवका पूर्व अध्यक्ष बबिता श्रेष्ठको प्रमुख आतित्यथा, क्लवका सस्ंथापक अध्यक्ष बसुन्धरा कसजु र पूर्व अध्यक्ष मुना जोशीको शुभकामना र क्वलका सचिव लुना श्रेष्ठको संचालनमा भएको वृक्षारोपण कार्यक्रममा क्लवका पूर्व अध्यक्षहरु , वोर्डका सदस्यहरु र क्लवका सदस्यहरु लगायतको सक्रिय सहभागितामा करिब करिब ३० वटा विभिन्न फूलहरुका विरुवाहरु रोपिएको थियो ।

 
 
  
 

You may also like