75
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
आज डलरको खरिद दर १२६ रुपैयाँ ३६ पैसा र बिक्री दर १२६ रुपैयाँ ९६ पैसा रहेको छ । युरो एकको खरिद दर १२८ रुपैयाँ ६८ पैसा र बिक्री दर १२९ रुपैयाँ २९ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १५३ रुपैयाँ ९७ पैसा र बिक्री दर १५४ रुपैयाँ ७० पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ४१ पैसा र बिक्री दर ३४ रुपैयाँ ५८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।