चार प्रदेशमा भारी वर्षाको सम्भावना, होशियारी अपनाउन आग्रह

काठमाडौँ । अहिले देशभर सामान्यदेखि पूर्ण मौसम बदलीको अवस्था रहेको मौसमविदले जनाएका छन् । आज (बुधबार) बिहान बागमती प्रदेश, गण्डकी प्रदेशका, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरुमा चट्याङसहित मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश–१, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ । साथै राति बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

भारी वर्षाको सम्भावना रहेका प्रदेशहरूमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले होशियारी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

 
 
  
 

You may also like