म्याग्दी पहिरो : एकै परिवारका पाँचको मृत्यु, दुई जना घाइते

म्याग्दी । म्याग्दीमा आज (मंगलबार) बिहान पहिरोले घर बगाउँदा एकै परिवारका पाँच जनाको ज्यान गएको छ ।
म्याग्दी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक राजन ढकालका अनुसार जिल्लाको मालिका गाउँपालिका-२ रुममा पहिरोले घर बगाउँदा ३८ वर्षीय घाम बहादुर विकसहित उनको परिवारका ५ जनाको मृत्यु भएको हो ।

प्रहरी टोली भर्खरै घटनास्थल पुगेको प्रवक्ता ढकालले जानकारी दिएका छन् । बेपत्ता तीन जनाको शव भेटिएको पनि भेटिएको जानकारी दिंदै उनले भने, ‘योसँगै मृतकको संख्या ५ पुगेको छ । सबै जना एकै परिवारका हुन् ।’

उनका अनुसार पहिरोमा परी ३८ वर्षीय घामबहादुर, उनका पत्नी ३५ वर्षीया राममाया विक, छोरा १५ वर्षीय नविन विक, अर्का छोरा १३ वर्षीय राजन विक र नाम नखुलेकी ५ वर्षीया छोरीको शव फेला परेको हो ।

यस्तै त्यही ठाउँमा पहिरोल अर्को घर पुर्दा दुई जना घाइते भएका छन् । स्थानीय ६५ वर्षीय गोठे विक र उनकी पत्नी ६५ वर्षीयालाई घाइते अवसथामा उद्धार गरिएको प्रहरी निरीक्षक ढकालले जानकारी दिए ।

 
 
  
 

You may also like