भ्रातृ संस्थालाई चुस्तरूपमा अघि बढाऔं : महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीअन्तर्गत रहेका सम्पूर्ण भ्रातृ सङ्गठनलाई चुस्तदुरूस्तरूपमा अगाडि बढाउन आग्रह गरेका छन् ।

काठमाडौं महानगरपालिका-८ एकाइ समितिद्वारा आयोजित क्रियाशील सदस्यसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भ्रातृ सङ्गठनलाई आगामी संसदीय निर्वाचन लक्षित गरी अगाडि बढाउन आवश्यक रहेको बताए ।

संसदमा जल्दाबल्दा विषयवस्तुप्रति कांग्रेसले आफ्नो पार्टीगत धारणा बनाउने जनाउँदै उनले युवापुस्तालाई राजनीतिमा अग्रसर गराउन आवश्यक रहेको समेत सुनाए । बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले नेतृत्वले पार्टीभित्रै रहेर पनि फरकमत राख्ने नेता, कार्यकर्तालाई समेट्दै अगाडि बढ्नु पर्नेमा जोड दिए ।

काठमाडौँ महानगरपालिका-८ का वडाअध्यक्ष आशामान सङ्गतले फोहरमाथि महानगरभित्रै राजनीति भइरहेको र सरकारले नै फोहर व्यवस्थापनमा अग्रणी भूमिका खेल्नुपर्ने बताए ।

 
 
  
 

You may also like